चुरे उत्खनन् गर्न प्रतिबन्ध लगाउनुपर्छ : उपेन्द्र यादव

चुरे उत्खनन् गर्न प्रतिबन्ध लगाउनुपर्छ : उपेन्द्र यादव
सुन्नुहोस्

काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चुरेबाट नदीजन्य पदार्थ उत्खनन् गर्न प्रतिबन्ध लगाउनुपर्ने बताएका छन्। चुरिया क्षेत्रबाट बालुवा, गिट्टी, ढुङ्गा विदेश निकासी गर्ने सरकारले कानुन बनाइरहेको बेला अध्यक्ष यादवले त्यो रोक्नुपर्ने माग गरे। 

संसदमा बोल्दै उनले चुरेको छेडखानी नगर्न सरकारलाई चेतावनीसमेत दिए। चुरे दोहनका कारण तराई-मधेसमा पानीका मुहानहरू सुकिरहेको उनको भनाइ छ। 'चुरिया रेन्जले पानी रिचार्जको काम गरिरहेको छ। चुरेको अनावश्यक छेडखानी गर्नु्, त्यहाँ सडक बनाउनु, बसोबास गराउनु, वन फडानी गर्नु र अनियन्त्रितरूपमा गिटी, बालुवा, ढुङ्गा निकाल्नु, र चोरी निकासी गर्नु आदि कारणबाट तराई-मधेसमा संकट उत्पन्न भएको छ। आउँदा दिनमा यो संकटबाट बचाउनका लागि राज्यले चुरे क्षेत्रमा छेडखानी बन्द गर्नुपर्छ,' उनले भने।

सरकारले २०७२ सालमा कानुन पास गरेर चुरिया क्षेत्रलाई संरक्षित क्षेत्र घोषण गरेको थियो। तर संघीय मामिला तथा सामान्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले असोज १६ मा ‘निर्माण सामग्रीको व्यवस्थापन तथा नियमन सम्वन्धी विधेयक’ स्वीकृत गरी संसदमा पेस गर्ने निर्णय गरेको थियो। त्यसमा चुरेबाट नदीजन्य पदार्थ उत्खनन् गरेर निर्यात गर्ने उल्लेख छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.