काभ्रेमा अवैध रूपमा ल्याइएको चिनी बरामद
काभ्रे : काभ्रेमा अवैध रूपमा ल्याइएको चिनी बरामद गरिएको छ। बिपि राजमार्ग हुँदै काठमाडौं आउँदै गरेका यात्रु बोक्ने सवारी साधनमा लुकाएर ल्याएको चिनी काभ्रे प्रहरीले बरामद गरेको हो।
चामलको बोरामा प्याक गरेको ल्याएको ३३ बोरा चिनी बरामद गरिएको डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। बिहीबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले विभिन्न सवारीबाट १० क्विन्टल चिनी बरामद गरेको छ।
चिनी ल्याउने व्यक्तिको पहिचान नभएको र बरामद गरिएको चिनी राजस्व विभाग पठाउने प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
१