न्यायालयप्रति कृतज्ञ छु

न्यायालयप्रति कृतज्ञ छु
फाइल तस्बिर।
सुन्नुहोस्

क्रुर तरिकाले मेरो श्रीमान्को हत्या गरेका योगराज ढकाल ‘रिगल’ले राष्ट्रपतिबाट आममाफी पाएपछि म निकै डराएकी थिए। हतास थिएँ। न्यायका लागि निरन्तर लडिरहेँ। अहिले सर्वोच्चको फैसला आउँदा अत्यन्तै खुसी लागेको छ। यो मेरो मात्रै लडाइँ होइन, कानुनको पक्षमा उभिने, न्यायप्रेमी सबै व्यक्तिको सहयोगले संभव भएको हो। हरतरहले सहयोग गर्नुहुने सबैप्रति म कृतज्ञ छु। 

श्रीमान्को हत्यारा जसले जन्मकैदको सजाय पाएका थिए। उनले आधा सजाय पनि भुक्तान नहुँदै राष्ट्रपतिबाट आममाफी पाएर कैदमुक्त हुनु निकै दुःखद् कुरा हो। कानुनी राज्यको उपहास हो। जेलमुक्त हुँदा ती व्यक्तिको जुन रवाफ थियो नि कुनै विशेष काम गरेर फर्कनुभएको जस्तै थियो। यो दृश्यले मेरो मन छियाछिया भएको थियो। पूरै राज्य नै लागेर मेरा श्रीमान्प्रति अन्याय गरेको थियो। यो दृश्यले मलाई शान्त बस्न दिएन। काठमाडांै आएर मुद्दा गर्ने, अनशन गर्न सक्ने आर्थिक हैसियत मेरो थिएन। देवरहरूले सहयोग गर्नुभयो। विभिन्न संघ–संस्थाले साथ दिनुभयो।

रिट लिएर सर्वोच्च जाँदै गर्दा म निकै डराएकी थिएँ। हामीलाई न्याय दिने सरकार बिकिसकेको थियो। दलहरू बिकिसकेका थिए। एउटै आस र विश्वास भनेको मलाई कानुनप्रति नै थियो। अदालतप्रति नै थियो। अदालतमा अन्तिम बहस भइरहँदा म कामी रहेकी थिए। आँखा बन्द गरेर बसिरहेकी थिए। सबै त बिकिसक्यो, नेपालको न्याय र कानुन बिक्छ कि बिक्दैन होला भनेर मनमनै सोचिरहेकी थिए। निकै त्रसित पनि थिएँ। 

नेपालको न्यायालय बिक्यो भने हामीजस्ता पीडित व्यक्ति कहाँ जाने होला ? भन्ने भैराथ्यो। मुटु जोडजोडले धड्किराथ्यो। के आउला ? कस्तो फैसला आउला भन्ने भाथ्यो। रिगलकै पक्षमा फैसला आए देश नै छाडेर जान्छु भन्ने सोचिराथँे। न्यायालयमा कहिल्यै पनि फर्केर हेर्दिन भन्ने लाग्याथ्यो। नेपाल छाडेर इन्डियातिर नै जान्छु भन्ने लाग्याथ्यो। तर, अब फैसला मेरो पक्षमा छ। तपाईं हामी सबैको पक्षमा छ। यो फैसलाले म जस्तै पीडित अन्य व्यक्तिलाई पनि अदालतप्रति विश्वास जगाएको छ। अदालतको आँगन मलाई मन्दिर जस्तै लाग्यो। न्याय दिने न्यायालयप्रति कृतज्ञ छु। 

(सर्वोच्चको आदेशपछि भारतीले अन्नपूर्ण पोस्ट्लाई दिएको प्रतिक्रिया)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.