श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

कपिलवस्तु : कपिलवस्तुमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परे‍का छन्। मायादेवी गाउँपालिका-८ बरकुल गाउँका २६ वर्षीय विनयकुमार चमारलाई प्रहरीले पक्राउ गरेको हो। 

२६ वर्षीय श्रीमती सन्ध्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घरायसी विवादका कारण उनले श्रीमतीले घाटीमा लगाएको कालो रंगको मालाले घाँटी कसेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

उनी विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए। 

पछिल्लो समयमा कपिलवस्तु प्रहरी फरार सूचीमा रहेका अपराधीहरूको खोजी र पक्राउ, लागूऔषध तथा अपराध नियन्त्रणका सवालमा शून्य सहनशीलताको नीति लिएर अघि बढेको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.