नक्कली नेपाली नोटसहित ६ जना भारतीय नागरिक पक्राउ

नक्कली नेपाली नोटसहित ६ जना भारतीय नागरिक पक्राउ
सुन्नुहोस्

झापा : झापामा एक हजारको नक्कली नोटसहित ६ जना भारतीय नागरिक पक्राउ परेका छन्। 

पक्राउ पर्नेहरूमा भारत विहार राज्य किसनगञ्ज जिल्लाका २४ वर्षीय अन्जर आलम, दिघलबैंक मंगोराका १९ वर्षीय अजरत अलि, १८ वर्षीय महबुल हक, पुर्णिया जिल्लाका १९ वर्षीय परवेज आलम, २२ वर्षीय साकिब आलम र २० वर्षीय आजमल हक रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। 

प्रहरीका अनुसार झापा गाउँपालिका–१ स्थित सितापुरीमा भारतीय नम्बर प्लट भएका दुईवटा मोटरसाइकलमा नेपाल प्रवेश गरेका उनीहरूलाई इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा आलमको साथबाट एक हजार दरको तीन थान नेपाली नक्कली नोट बरामद गरेको थियो। 

नक्कली नोटसहित पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको डीएसपी रिजालले बताए। भारतबाट नेपाली नक्कली नोट कहाँबाट ल्याइएको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताउँदै उनले भने, ‘घटनामा संलग्न भएका व्यक्तिलाई कानुन बमोजिम कारबाही हुन्छ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.