भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न कार्यकर्तालाई सभापति देउवाको निर्देशन
काठमाडौं : नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका नेता/कार्यकर्तालाई भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुर्ननिर्माणमा जुट्न निर्देशन दिएका छन्। भूकम्पले जाजरकोट र रुकुममा मानवीय र भौतिक क्षति भएपश्चात देउवाले भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रदाञ्जली अर्पण गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेका छन्।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गए राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको हो। त्यसपश्चात लगातार ४ वटा भूकम्पको पराकम्प गएको छ।
देउवाले प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली खटाएर घाइतेहको उपचार गर्न सरकारसँग माग गरेका छन्। उनले प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्याउने प्रबन्ध गर्न अनुरोधसमेत गरेका छन्।