मानवीय क्षति बढ्यो

रुकुम पश्चिममा ५२ जनाको मृत्यु, भूकम्पमा परी मृत्यु हुनेको संख्या १४४ पुग्यो

रुकुम पश्चिममा ५२ जनाको मृत्यु, भूकम्पमा परी मृत्यु हुनेको संख्या १४४ पुग्यो

काठमाडौं : जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी रुकुम पश्चिममा मात्रै ५२ जनाभन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ।

रुकुम पश्चिमको आठबीस नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीका अनुसार हालसम्म ५२ जनाको मृत्यु भएको जानकारी दिइन्। उनका अनुसार विशेषगरी ११, १२, १३ र १४ नम्बर वडा प्रभावित बनेका छन्। रुकुम पश्चिम र जाजरकोटमा भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ।

यता जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोस रोकाका अनुसार भूकम्पमा परी हालसम्म जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ। उनीहरुमध्ये ६६ जना महिला र २६ जना पुरुषको मृत्यु भएको हो। गएराति ११ बजेर ४७ मिनेटमा ६.४ रेक्टरको भूकम्प गएको  राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४:१६ बजेमा ४.६ रेक्टर स्केल, १२:३५ बजेमा ४.३ रेक्टर स्केल, १२:२९ बजेमा ४.२ रेक्टर स्केल, १२:०८ बजेमा ४.५ रेक्टर स्केलका भूकम्प गएका हुन्। ४ रेक्टरभन्दा मुनिका भूकम्पका पराकम्प गएपनि त्यसको रेकर्ड भने वेवसाइटमा सार्वजनिक छैन।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.