बिदामा भए यथाशिघ्र हाजिर हुनू

भूकम्प प्रभावित जिल्लाका स्थानीय तहका कर्मचारीलाई बिदामा नबस्न निर्देशन

भूकम्प प्रभावित जिल्लाका स्थानीय तहका कर्मचारीलाई बिदामा नबस्न निर्देशन
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूकम्प प्रभावित जिल्लाका स्थानीय तहका कर्मचारीलाई बिदामा नबस्न निर्देशन दिएको छ। सामान्य प्रशासन मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरु बिदामा भएमा यथाशिघ्र आफ्नो कार्यालयमा हाजिर भई कामकाजमा खटिनुहुन र तत्काल बिदामा नरहन हुन समेत निर्देशन दिएको हो।

सहसचिवले लिएको विज्ञप्तिमा भनिएको छ, 'भूकम्प प्रभावित जिल्लाका स्थानीय निकायमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरु बिदामा भएमा यथाशिघ्र आफ्नो कार्यालयमा हाजिर भई कामकाजमा खटिनुहुन र तत्काल बिदामा नरहन हुन समेत निर्देशन गरिएको छ।'

मन्त्रालयले खोजी तथा पहिचान, घाइतेहरुको राहत तथा उद्दार, स्वास्थ्य उपचारसहित अन्य सबै पक्षहरुको व्यपस्थापनमा प्रत्यक्ष एवं अप्रत्यक्ष सघाउ पुऱ्याउन कर्मचारीलाई अनुरोध गरेको छ।

'मिति २०८० कार्तिक १७ गतेका दिन राति ११:४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका वडा नं १ रामीडाँडा केन्द्रविन्दु बनाई आएको ६.४ रेक्टर स्केलको भूकम्प बाट जाजरकोट, रुकुम पश्चिम र सल्यान सहित जिल्लाका क्षेत्रमा धेरै जनधनको क्षति भएको छ। उक्त क्षेत्रहरु सहित अन्य जिल्लाहरु समेत प्रभावित बनेका छन्। भूकम्पबाट मृत्यु भएका नागरिकहरुको खोजि एवं घाईतेहरुलाई उद्दार गर्ने कार्य भईरहेको छ।' विज्ञप्तिमा भनिएको छ 'मृतक व्यक्तिहरुको खोजी तथा पहिचान, घाइतेहरुको राहत तथा उद्दार, स्वास्थ्य उपचार सहित अन्य सबै पक्षहरुको ब्यवस्थापनमा प्रत्यक्ष एवं अप्रत्यक्ष सघाउ पुऱ्याउन अग्रसरता देखाई कार्य प्रवाह गर्न गराउनु हुन प्रभावित जिल्लाका सबै स्थानीय निकायहरु एवं स्थानीय निकायका पदाधिकारी तथा कर्मचारीहरुमा हार्दिक अनुरोध छ।' 

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.