भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा ५-५ करोड पठाउने सरकारको निर्णय

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा ५-५ करोड पठाउने सरकारको निर्णय
सुन्नुहोस्

काठमाडौं : सरकारले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा तत्काल पाँच-पाँच करोड रुपैयाँ पठाउने निर्णय गरेको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको बैठकले भूकम्प प्रभावित जिल्लामा राहतस्वरुप तत्काल ५-५ करोड पठाउने निर्णय भएको बताए।

उनले भूकम्प प्रभावित क्षेत्रमा तीनवटै सुरक्षा निकाय र विपद् व्यवस्थापनका जनशक्तिहरू खटिएको बताए। शवहरू शनाखतका लागि विशेष टोलीसमेत प्रभावित क्षेत्रमा पठाइएको गृहमन्त्री श्रेष्ठको भनाइ छ।

त्यस्तै स्वास्थ्यका निम्ति चिकित्सकहरूसहित स्वास्थ्य सामग्री र औषधिसमेत प्रभावित क्षेत्रमा पठाइएको बताए। आवश्यक मेडिलकल सामग्री स्वास्थ्य मन्त्रालयले तत्काल व्यवस्था गर्ने निर्णयसमेत भएको उनले बताए।

त्यस्तै घाइतेको उद्धार गरी सुर्खेत र नेपालगन्जलाई बेस बनाएर उपचार प्रक्रिया अगाडि बढाइएको उनले बताए। उनले सुर्खेत र बाँकेमा आवश्यक जनशक्ति र व्यवस्थापनका आधारहरू निर्माण भएको बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.