त्रिपुरासुन्दरीले भूकम्प प्रभावितलाई ७ लाख ५० हजार सहयोग गर्ने
डोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले जाजरकोट र रुकुमका भूकम्पपीडितलाई ७ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ।
भूकम्प पीडितलाई ४ लाख ५० हजार र रुकुमको आठबिसकोट नगरपालिकालाई ३ लाख सहयोगको घोषणा गरेको छ।
नगरपालिकाले दुई जिल्लाका लागि सहयोगको घोषणा गरेको नगर प्रमुख जनचन्द्र रोकायले बताए।
नगर प्रमुख रोकायले भूकम्पमा परेर मृतकहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरे।