‘अमेरिका नेपाल सम्बन्ध अझै कसिलो हुँदैछ’

‘अमेरिका नेपाल सम्बन्ध अझै कसिलो हुँदैछ’
सुन्नुहोस्

काठमाडौं : करिब १ साता लामो अमेरिका भ्रमण सकेर आइतबार साँझ नेपाल फर्केका परराष्ट्रमन्त्री एनपी साउदले नेपाल अमेरिका सम्बन्ध अझ कसिलो भएको बताएका छन्। 

आइतबार त्रिभुवन विमानस्थलमा सञ्चारमाध्यमसँग कुरा गर्दै मन्त्री साउदले भने, ‘अमेरिकामा अहिलेको उच्चस्तरीय भेटघाटबाट सबैको कुरा बुझ्दा नेपाल अमेरिका द्विपक्षीय सम्बन्ध अझ कसिलो हुँदै गएको छ। अमेरिकाले नेपालमा आईटी, औद्योगिक र कृषिलगायतका क्षेत्रमा लगानी गर्न चाहान्छ।’ 
भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धका विषयहरू तथा साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरूमा विचारको आदानप्रदान भएको उल्लेख गर्दै उनले भने, ‘दुवै पक्षले आपसी हितका विषयहरूमा सहकार्यलाई थप विस्तार र घनीभूत बनाउने प्रतिबद्धता व्यक्त गर्‍यौं। 

नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नती हुन लागेको सन्दर्भमा मैले नेपालको विकास प्राथमिकताका विषयहरूमा प्रकाश पार्दै सूचना प्रविधिको विकास, खाद्य सुरक्षा, कृषिको विकास, बजार पहुँच, लगानी र व्यापारलगायतका क्षेत्रमा अमेरिकी सरकारबाट सहयोग बढाउन आग्रह गरेको छु।’ उनले अगाडि भने, ‘नेपालका लागि निर्यातयोग्य गार्मेन्ट, फुटवेयर र फर्मास्युटिकल बस्तुहरू थप गर्दै जीएसपी सुविधा र एनटीपीपीको विस्तार र पुनः अनुमतिका लागि अनुरोध गरेको छु।’ 

सो अवसरमा एमसीसी र युएसएआईडीमार्फत उपलब्ध अमेरिकी सहयोगलगायत नेपालको सामाजिक तथा आर्थिक विकासमा निरन्तर सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद पनि दिएको उल्लेख गर्दै उनले भने, ‘दुवैपक्षले एमसीसी अन्तर्गतका परियोजनाको समयमै कार्यान्वयनको महत्वमा जोड दिएका छौं। यो विषय अमेरिकाले धेरै सकारात्मक हिसावमा लिएको छ।’

अमेरिका लामो समयदेखि नेपाललाई निःस्वार्थ सहयोग गरिरहेको महत्वपूर्ण मुलुक भएकाले नेपाललाई सबैभन्दा ज्यादा अनुदान दिने मुलुकका रूपमा आफूलाई उभ्याएको थियो। नेपालमा ऊर्जा र सूचना प्रविधिजस्ता क्षेत्रमा लगानी गर्न अनुरोध गरेको पनि मन्त्री साउदले बताए। भेटवार्तामै नेपालको लोकतान्त्रिक शासन प्रणालीको सुदृढीकरणमा भएको प्रगतिलाई प्रशंसा गर्दै अमेरिकी विदेश मन्त्रीले अमेरिकी सरकार नेपाल एक बलियो र समृद्ध लोकतन्त्र भएको हेर्न चाहेको बताएको उल्लेख गरेका थिए। मन्त्री साउदले अमेरिकाबाट नेपालमा लामो समयदेखि उच्चस्तरीय भ्रमण नभएको विषय उल्लेख गर्दै विदेश मन्त्री व्लिनकनलाई नेपालको औपचारिक भ्रमण गर्न निमन्त्रणा दिएको पनि बताए। 

त्यसो त नेपाल र अमेरिकी दुईपक्षीय भेटवार्तापछि अमेरिकन विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले मन्त्रालयको वेभ साइटमा दुईपक्षीय नेताको भेटका बारेमा स्पष्ट पार्दै भनेका छन्, ‘अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केन र नेपाली विदेशमन्त्री नारायण प्रकाश साउदले आज वासिङ्टनमा भएको भेटमा नेपाल–अमेरिका साझेदारीको सुदृढीकरणमा जोड दिएका छन्।’ 

प्रवक्ताले भनेका छन्, ‘नेपालमा सुरु गरिएको मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्टको विषयमा छलफल भएको छ। जसले पूर्वाधार निर्माण गर्ने, बिजुलीमा पहुँच बढाउने र सीमापार विद्युत् व्यापारलाई समर्थन गर्ने छ।’ 

नेपालमा शान्ति सेना स्वयंसेवकको सेवामा ६० वर्षभन्दा बढीको साझेदारी हुँदै आएको बिषयमा पनि प्रशंसा गरेका छन्। नेपालमा विस्तारित विकास वित्त निगमको लगानी, साना तथा मझौला उद्यमहरूलाई ऋण उपलब्ध गराउन नेपाली बैंकलाई १२ करोड ५० लाख अमेरिकी डलरको नयाँ ऋण दिनेलगायतका विषयमा छलफल भएको प्रवक्ताले मन्त्रालयको आधिकारीक पेजमा राखेका थिए। 

अमेरिका भ्रमणको क्रममा मन्त्री साउदले युसआइपीले वासिंटनमा आयोजना गरेको नेपालको विदेशी पोलिसि विषयमा छलफलमा पनि सहभागी भएको बताउँदै उनले  समन्था पावर, सिनेटर क्रिस भान होलान तथा स्कोट नाथनसँग पनि छुट्टाछुट्टै भेट गरेको बताए। उनले नेपाली दूतावासमा अलिस अलब्राइट, अमेरिकी विदेश मन्त्रालयकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार मामिला हेर्ने उपविदेश मन्त्री उर्जा जेया, तथा अमेरिकी राष्ट्रिय सुरक्षापरिषद्की वरिष्ठ डाइरेक्टर आइलीन लाउवाकरसँग पनि छुट्टाछुट्टै भेट गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.