जाजरकोटमा फेरि भूकम्प
काठमाडौं :जाजरकोटमा फेरि भूकम्पको धक्का महशुस भएको छ। सोमबार अपरान्ह ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
भूकम्पपछि मानिसहरूको भागदौड मच्चिएको जाजरकोटमा रहेका अन्नपूर्ण फोटो पत्रकार अभिशेक महर्जनले जानकारी दिएका छन्।
शुक्रबार राति ठूलो भूकम्प गएपछि त्यसको परकम्म जाने क्रम जारी छ। भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको छ भने करिब २ सय जना घाइते भएका छन्। हजारौं भौतिक संरचना भत्किएका छन्।
परकम्पहरू निरन्तर आइरहेपछि जाजरकोट र रुकुम पश्चिमका स्थानीयहरू त्रसित भएका छन्।