कोशीको बजेट अध्यादेश स्वीकृत

कोशीको बजेट अध्यादेश स्वीकृत
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशको प्रदेशसभा बैठकले बजेट अध्यादेश स्वीकृत गरेको छ। यसअघि सरकारले ल्याएको बजेट सम्बन्धी अध्यादेश स्वीकृत गरेको हो। 

प्रदेशसभाको सोमबार आह्वान गरिएको चौथो अधिवेशनको चौथो बैठकले ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक वर्ष २०८०/०८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ स्वीकृत गरेको हो। 

यसअघि उक्त अध्यादेश अस्वीकृतको माग गर्दै सत्ता गठबन्धन दलमा आबद्ध सांसदहरुले प्रदेशसभा सचिवालयमा दर्ता गराएको सूचना सांसद नारायणबहादुर बुर्जामगरले फिर्ता लिएका थिए। 

सूचना फिर्ता भएसँगै प्रदेशसभाबाट अध्यादेश स्वीकृत भएको हो। त्यस्तै प्रदेशसभाको सोमबारको बैठकमार्फत ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरूका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभामा प्रस्तुत भएको छ। प्रदेशसभाको अर्को बैठक मंगलबारका लागि बोलाइएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.