बागलुङ बजारबाट फरार प्रतिवादी पक्राउ
बागलुङ : सवारी ज्यान कसुर मुद्दाका फरार प्रतिवादी बागलुङ बजारबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा बागलुङ नगरपालिका-६ का २४ वर्षीय सूर्य नेपाली रहेका छन्।
नेपालीलाई बागलुङ जिल्ला अदालतले सवारी ज्यान कसुर मुद्दामा २०७९ साल असार २८ गते ३ महिना ६ दिन कैदको फैसला सुनाएको थियो।
जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीको टोलीले सोमबार बागलुङ बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीले बताए।
पक्राउ परेका नेपालीलाई प्रहरीले सोमबार नै लगत कट्टाका लागि बागलुङ जिल्ला अदालतमा पठाइएको डीएसपी केसीले जानकारी दिए।