सोलुखुम्बु भ्रमणमा आएका एक इटालियन नागरिकको मृत्यु
सोलुखुम्बु : सोलुखुम्बु भ्रमणमा आएका एक इटालियन नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा इटालीका ७४ वर्षीय पुरुष मार्टिन्नो बोऋन रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) दिपक श्रेष्ठका अनुसार आइतबार जिल्लाको माप्यदूधकोशी गाउँपालिका-६ वाकुको एक घरमा खाना खाने क्रममा लाइनमा बस्ने क्रममा एक्कासि ढलेका उनको सोही स्थानमा मृत्यु भएको हो।
मोनभिसो फाउन्डेसन लाजिम्पाट काठमाडौं मार्फत सगरमाथा मावि वाकुको नवनिर्मित घेराबार उद्घाटन गर्न १८ जना गाडीमा चढेर त्यहाँ पुगेका थिए।