कोरलानाका कार्तिक २७ गतेदेखि खुल्ने

कोरलानाका कार्तिक २७ गतेदेखि खुल्ने
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

जोमसोम : नेपाल-चीन कोरलानाका कार्तिक २७ गते खुल्ला हुने भएको छ। योसँगै  ४ वर्षदेखि बन्द रहेको उत्तरी कोरलानाका आउँदो सोमबारदेखि खुल्ला हुने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को चीन भ्रमणपछि चीनतर्फ अवरुद्ध रहेका नाका खोल्न पहल भएको थियो । यही मार्गअन्तर्गत नेपाल-चीन उत्तरी कोरलानाका औपाचारिक रुपले खुल्ला गर्ने तयारी भइरहेको हो ।

यसका लागि  चीन पक्षले सीमावर्ती क्षेत्र लोमान्थाङ  र लोघेकर दामोदरकुण्डका स्थानीय व्यापारी तथा सर्वसाधारणलाई आमन्त्रण गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । यसरी नाका खुल्ला गर्ने सुरुवाति चरणको पहिलो पटक जाँदा बोर्डर पाससहित सक्कल नागरिकताको प्रमाणपत्र समेत लिएर आउन चीन पक्षले सूचित गरेको अध्यक्ष बिष्टको भनाइ छ ।

‘चीन पक्षले नाका प्रवेश गर्नेहरूको विस्तृत तथ्यांक विवरण संकलन गर्न बोर्डर पाससहित नागरिकता बोकेर आउन आग्रह गरेको छ,'अध्यक्ष बिष्टले भने,‘त्यसपछि विवरण इन्ट्री भइसकेपछि बोर्डर पास मात्र देखाए पुग्छ ।’

चीन पक्षले कोरलानाका खोल्ने निर्णय गरेसँगै उद्घाटन कार्यक्रमको पनि तयारी गरिरहेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए । उद्घाटन कार्यक्रममा चीन पक्षबाट विशिष्ट व्यक्तिहरुको सहभागीता रहने उनले बताए ।  कोभिडपछि लामो समय बन्द रहेको कोरलानाका खुल्ला भएपछि स्थानीय व्यापारी,सर्वसाधारण र नेपाल सरकारलाई समेत व्यापारिक कारोवार र राजश्व संकलनमा टेवा पुग्ने अनुमान गरिएको छ ।

नेपाल-चीन उत्तरी कोरलानाकाको बोर्डर पास अनुमति पत्रका लागि मुस्ताङ प्रशासनले पहिलो चरणमा ९८० जनालाई बोर्डर पास वितरण गरेको थियो । योसंख्या उपल्लो मुस्ताङको एक तिहाईले बोर्डर पास बनाएका हुन् ।

नेपाल-चीन कोरलानाकाको बार्डर खुल्ला गर्न नेपाल पक्ष र चीन पक्षको अघिल्लो हप्ता तिब्बतको ढुङ्वासेनमा वार्ता भएको थियो । सोही बेला नाका खुल्ला गर्ने तिथिमिति तय गरिएको थियो । चीन पक्षले सोही बेला नेपाल पक्षलाई कही उपहार सहयोग समेत गरेको थियो । उक्त सामाग्री सुरक्षा निकायसँग सम्बन्धित छन् ।

कोभिड तथा सुरक्षाका कारण चीनले बन्द गरेको उत्तरी कोरलानाका अब बाह्रै महिना खुल्ला हुनेछ । यो उपल्लो मुस्ताङका दुई गाउँपालिकाको हकमा मात्र कार्यान्वयन हुँनेछ । यसअघि बर्सेनि कोरलानाकाको तिब्बती भूमीमा चीन पक्षले अल्पकालिन व्यापार मेला सञ्चालन गर्ने गथ्र्यो । 

बर्सेनि असार र भदौ महिनामा तिब्बती भूमीमा किनमेलको हाट बजार लाग्थ्यो । सो बेला नेचुङ भन्सारले बर्सेनि १५ लाखसम्म राजश्व संकलन गथ्र्यो । नेपाल—चीन कोरलानाका बाह्रै महिना खुल्ला हुने भएपछि उपल्लो मुस्ताङीमा खुसीयाली छाएको छ ।  

चीन पक्षले कोरला क्षेत्रमा न १ हजार भन्दा बढी पसल सञ्चालन गर्न मिल्ने गरी पूर्वधार तयार गरिसकेको छ भने नेपाल-चीन व्यापारिक मार्गको दीर्घकालिन नाका सञ्चालन गर्न सुख्खाबन्दरगाह समेत निर्माण गरिसकेको छ । कोरलानाकामा चीनले ठूला ठूला भौतिक संरचना निर्माण गरिसकेको छ भने नेपालतर्फको तयारी शून्य जस्तै छ ।

नेपाल-चीन नाका खुल्ला गर्न प्रधानमन्त्री पुष्कमल दाहालले ठूलो पहल गरेको नेकपा मााओवादी केन्द्र मुस्ताङका इञ्चार्ज कपिल लामाले उल्लेख गरे । उनले नाका खुलेसँगै सीमावर्ती क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्नले र आधारभूत आवश्यक परिपूर्ति हुँने विश्वाश व्यक्त गरे ।

कोभिड अघि उपल्लो मुस्ताङीहरुले चीनको तिब्बती अल्पकालिन व्यापार मेलाबाट खाद्यान्न,निर्माण सामाग्री,लत्ताकपडा,कृषि उपकरण,इलेक्ट्रोनिक सामानका साथै भेडा च्यांग्रा आयात गरिन्थ्यो । नेपालबाट भने यार्सा गुम्बा,पस्मिना,स्थानीय कृषि उपज सामाग्री  निर्यात हुन्थ्यो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.