खोलामा डुबेर भारतीय युवतीसहित दुईको मृत्यु

खोलामा डुबेर भारतीय युवतीसहित दुईको मृत्यु
सुन्नुहोस्

लुम्बिनी : आज भएका बेग्लाबेग्लै दुई घटनामा भारतीय युवतीसहित दुई जनाको ज्यान गएको छ। 

रुपन्देही सिद्धार्थनगर नगरपालिका-९ का अन्दाजी २२ वर्षीय बिमल आचार्यको तिनाउ गाउँपालिका-३ स्थित भूतखोलामा डुबेर ज्यान गएको छ। उनीसँगै घाइते भएकी युवती युना दाहालको उपचार भइरहेको छ। उनीहरू आज बिहान साढे १० बजेतिर खोलामा डुबेका थिए। 

उनीहरूलाई स्थानीय र दोभानस्थित प्रहरीले घाइते अवस्थामा उद्धार गरी उपचारका लागि बुटवल अस्पताल प्रालिमा पुर्‍याइएको थियो। आचार्यको उपचारका क्रममा आचार्यको मृत्यु भएको र घाइते दाहालको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए। 

आजै भएको अर्को घटनामा भारतीय युवतीको मृत्यु भएको छ। भारत उत्तर प्रदेश मगहरकाजिपुरबाट शैक्षिक भ्रमणमा आएकी अन्दाजी २० वर्षीया शाहिस्ता प्रवीनको दिउँसो अन्दाजी साढे १ बजे तिनाउ गाउँपालिका-३ तिनाउ खोलामा खसी मृत्यु भएको हो। ड्याममा फोटो खिच्ने क्रममा चिप्लिएर खोलामा खस्दा शाहिस्ताको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रनाउ श्रेष्ठले जानकारी दिए। 

खोलामा खसेर डुबेकी शाहिस्तालाई दोभान प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्‍याएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले दुवै घटनाको थप अनुसन्धान जारी रहेको पनि जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.