भूकम्पपीडितलाई आइएसएमटी कलेजले पाँच लाख सहयोग गर्ने

भूकम्पपीडितलाई आइएसएमटी कलेजले पाँच लाख सहयोग गर्ने

काठमाडौं : आइएसएमटी कलेजले भूकम्प पीडितलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गत शुक्रबार जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावित बनेकालाई पाँच लाख रुपैयाँ सहयोग गर्न लागेको हो। 

उक्त सहयोग कलेजको सामाजिक उत्तरदायित्व अन्तर्गतको रहेको कलेजका अध्यक्ष योगेश उप्रेतीले बताए। उनले पीडित समक्ष सहयोग पुगोस् र सबैलाई सहयोगको भावना जागृत गराउनका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम उपलब्ध गराउने निर्णय गरिएको समेत बताए । 

बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आइएसएमटी कलेज काठमाडौं, चितवन, पोखरा, बुटवल र विराटनगरमा सञ्चालित छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.