बागलुङ कप टी-२० क्रिकेट प्रतियोगितामा पर्वत र स्याङजा विजयी

बागलुङ कप टी-२० क्रिकेट प्रतियोगितामा पर्वत र स्याङजा विजयी
सुन्नुहोस्

बागलुङ : गण्डकी प्रदेशस्तरीय ‘बागलुङ कप’ टी-२० क्रिकेट प्रतियोगितामा पर्वत र स्याङ्जा क्रिकेट संघले विजयी सुरुवात गरेका छन्। 

बागलुङ क्रिकेट संघको आयोजनामा मंगलबारदेखि सुरुभएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागलुङलाई पर्वतले १८ रनले हराएको छ। जितको लागि ९८ रनको विजयी लक्ष्य पछ्याएको बागलुङ १४ ओभर ३ बलमा ७९ रनमा अलआउट भयो। बागलुङका सन्देश खड्काले २५ बलमा २३ रन र रमेश बस्नेतले ११ बलमा ११ रन बनाएर आउट भए । बागलुङका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

खेलको म्यान अफदी म्याच घोषित भएका पर्वतका सुरेश भट्टराईले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए। अमृत गुरुङ र विनोद नेपालीले २-२ विकेट लिए।

त्यसअघि बाङ्गेचौर खेल मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पर्वतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९७ रन बनाएको थियो। पर्वतको जितको लागि सरोज केसीले ९ बलमा १७ रन, विकास क्षेत्रीले १७ बलमा १५ रन र ऋतिक थापाले २२ बलमा १४ रन बनाए। बागलुङका सन्देश खड्काले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए। सन्चार निउँरे र विमल विक्रम खत्रीले २-२ विकेट लिए। 

त्यस्तै मंगलबार नै भएको दोस्रो खेलमा स्याङ्जाले तनहुँलाई ७७ रनले पराजित गरेको छ। जितको लागि १ सय १६ रनको विजयी लक्ष्य पछ्याएको तनहुँ १२ ओभर २ बलमा ३९ रनमा अलआउट भयो। तनहुँको लागि इसान श्रेष्ठले १२ रन बनाउनु बाहेक अन्य व्याटरको सम्झना लायक प्रदर्शन रहेन।

स्याङ्जाका तुलसीराम भण्डारीले ३ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए। उनी खेलको म्यान अफदि म्याच घोषित भए। स्याङ्जाका अंकित न्यौपाने र सन्दिप खत्री क्षेत्रीले २-२ विकेट लिए। त्यसअघि टस जितेर पहिला व्याटिङ रोजेको स्याङ्जा १७ ओभर ३ बलमा १ सय १६ रनमा अलआउट भएको थियो। स्याङ्जाको लागि सन्दिप खत्री क्षेत्रीले १३ बलमा १८ रन, करण पंगेनीले १२ बलमा १७ रन र मिलन क्षेत्रीले १६ रन बनाए। 

तनहुँका सिके पौडेलले ३ ओभर ३ बलमा २७ रन खर्चेर ३ विकेट लिए । दिनेश बुढा मगर र सन्दिप पराजुलीले २-२ विकेट लिए। कात्तिक २५ गतेसम्म संचालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका ६ जिल्लाको सहभागिता रहेको छ। लिगकम नकआउटका आधारमा खेलाइने खेलमा समुह ‘ए’ मा बागलुङ, पर्वत र कास्की रहेका छन्भने समुह ‘बि’मा तनहुँ, स्याङ्जा र नवलपुर समुह ‘बि’मा रहेका छन्।

प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ, उपविजेताले ५० हजार ५ सय ५५ रुपैयाँ पाउने छन्। त्यस्तै विधागत तर्फ म्यान अफ दि सिरिजले १० हजार रुपैयाँ, वेष्ट व्याट्सम्यान र वेष्ट बलरले ५-५ हजार रुपैयाँ र प्रत्येक खेलको म्यान अफ दि म्याच विजेताले १ हजार रुपैयाँ प्राप्त गर्ने संघका अध्यक्ष विष्णुप्रसाद आचार्यले बताए।

नेपाल क्रिकेट संघ (क्यान)को सदस्यता प्राप्त गरेपछि बागलुङ क्रिकेट संघले आयोजना गरेको यो पहिलो प्रतियोगिता हो। म्याटमा खेलाइने सम्पूर्ण खेल आइसिसिको नियमानुसार नै खेलाइने बागलुङ क्रिकेट संघका अध्यक्ष आचार्यको भनाइ छ। प्रतियोगिताको उद्घाटन मंगलबार बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.