गुन्डुमा मखमली फूल टिप्न व्यस्त (फोटो फिचर)
भक्तपुर : भक्तपुर स्थित गुन्डुका कृषकहरू बिहानै फूल टिप्न र दिउँसो माला बुन्ने काममा व्यस्त छन्। अधिक मासका कारण यस वर्ष दसैं तिहार केही ढिलो परेको छ। तिहारका लागि रोपिएका खमली फूल फुलेर ढकमक्क छन्।
भाइटिकामा दिदीबहिनीले दाजुभाइलाई मखमली फूलको माला लगाएर दिर्घायुको कामना गर्छन् । मखमली फूलको माला लगाएर दाजुभाइको लामो जीवनको कामना गर्छन्।