कम्पनीको आलटाल, लगानीकर्ता अलमल

लाभांश घोषणा

कम्पनीको आलटाल, लगानीकर्ता अलमल
सुन्नुहोस्

काठमाडौं : सेयर कारोबार गर्नेका लागि चालू आर्थिक वर्षको चार महिना सकिन एक दिनमात्र बाँकी छ। सूचीकृत कम्पनीहरूका लागि दुई दिन। आइतबारदेखि तिहार बिदा परेकाले सेयर किन्न चाहनेका लागि बिहीबार एक दिन अवसर छ। शुक्रबार भने कार्यालयहरू खुला हुनेछन्।

तर, बुधबार साँझसम्म २१ कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्। जसमा लगानीकर्तालाई खाली हात बनाउने ७ कम्पनीसमेत जोड्दा कुल २७ कम्पनीले प्रतिफलको टुंगो लगाएका छन्।

सेयर किन्ने कि नकिन्ने भन्ने एउटा आधार मानिने लाभांश घोषणा नहुँदा लगानीकर्तामा अन्योल छ। नेप्से परिसूचकसँगै अधिकांश कम्पनीको मूल्य तल्ला बिन्दुमा झरिसक्दा उनीहरूमा कन्फिडेन्स घटेको छ। अर्थतन्त्रमा आएको सुस्ततासँगै सेयर कारोबारमा शिथिलता छाएको छ। त्यसमाथि सूचीकृत कम्पनीहरूको पर्फमेन्समा ह्रास आएकाले प्रतिफल पनि निकै कम दिन थालेका छन्। यसैगरी व्यवसाय र नाफाको आकार बढे पनि कम्पनीको पुँजी उच्च भएकाले पनि प्रतिफल घटिरहेकै छ।

null

सेयर बजारका लागि विषम परिस्थिति चलिरहेको बेला लाभांश घोषणा गर्न सूचीकृत कम्पनीहरूले आनाकानी गर्नुले लगानीकर्ताको ‘डिसिजन’ (निर्णय) क्षमतामा ह्रास आएको छ।

नेप्सेमा कुल २ सय ४१ कम्पनी सूचीकृत छन्। जसमध्ये हालसम्म लाभांश घोषणा गर्ने कम्पनीमध्ये ८ वटा वाणिज्य बैंक, ५ वटा लघुवित्त, २–२ वटा विकास बैंक र जलविद्युत् कम्पनी तथा १–१ वटा पूर्वाधार विकास बैंक, उत्पादनमूलक, लगानी कम्पनी र होटल रहेका छन्।

लाभांश घोषणा गर्ने बैंकहरू माछापुच्छ«े, एभरेस्ट, एनआईसी एसिया, सानिमा, सिटिजन्स बैंक इन्टरनेसनल, सिद्धार्थ, स्ट्यान्डर्ड चार्टर्ड र ग्लोबल आईएमई हुन्। यीमध्ये सबैभन्दा बढी एनआईसी एसियाले २९ प्रतिशत बोनस सेयर र १.५३ प्रतिशत नगद लाभांश गरी कुल ३०.५३ प्रतिशत प्रतिफल घोषणा गरेका छन्।

तीन वटा बैंकले भने नगद लाभांशमात्र दिने घोषणा गरेका छन्। यस्तै साइन रेसुंगा डेभलपमेन्ट बैंक र सांग्रिला विकास बैंकले पनि लाभांश घोषणा गरेका छन्। लाभांश घोषणा गर्ने लघुवित्तहरू युनिक नेपाल, आरएसडीसी, स्वावलम्बन, एनआईसी एसिया र सपोर्ट हुन्। तीमध्ये एनआईसी एसियाले बोनस सेयर नदिने भएको छ। सर्वाधिक लाभांश प्रस्ताव गर्ने लघुवित्त सपोर्ट हो। सबैभन्दा बढी लाभांश घोषणा गर्ने कम्पनी युनिलिभर नेपाल हो। कम्पनीले प्रतिकित्ता १५ सय ८० रुपैयाँ नगद लाभांश दिँदैछ।

यता सात वटा कम्पनीले भने गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएका छन्। कामना सेवा विकास बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल रिपब्लिक मिडिया, मिड सोलु हाइड्रो, माईखोला हाइड्रो, सुपर माईहाइड्रो र शिवश्र्री हाइड्रोले लाभांश प्रस्ताव गरेनन्।

सूचीकृत कम्पनीहरूले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारणसभा गरिसक्नुपर्छ। साधारणसभाले पारित नगरेसम्म प्रस्तावित लाभांश बाँड्न नपाइने भएकाले तिहारपछि ती कम्पनीलाई भ्याइनभ्याइ हुने भएको छ।

लाभांश घोषणा गरेका ८ वाणिज्य बैंकमध्ये ५ वटाको साधारणसभा सम्पन्न भइसकेको छ। साधारणसभा सक्ने वाणिज्य बैंकहरू माछापुच्छ«े, सानिमा, एनआईसी एसिया, एभरेस्ट र सिटिजन्स हुन्। ओरियन्टल होटल्स तथा लगानीकर्तालाई रित्ता हात बनाएका सुपर माईहाइड्रो, मिड सोलु हाइड्रो, माईखोला हाइड्रो, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र नेपाल रिपब्लिक मिडियाको पनि साधारणसभा सकिएको छ।
सिद्धार्थ बैंकले मंसिर ५ गते साधारणसभा डाकेको छ। जसका लागि बैंकको बुक क्लोज कात्तिक २१ गते भइसकेको छ।null

आरएसडीसीको साधारणसभा मंसिर १५ गते हुँदैछ जसका लागि कम्पनीले मंसिर ७ गते बुक क्लोज गर्ने भएको छ। मंसिर १५ गते नै साधारणसभा बोलाएको मान्डु हाइड्रोले मंसिर ४ गतेलाई बुक क्लोज मिति तोकेको छ। सानिमा माई हाइड्रोको साधारणसभा बिहीबार आयोजना हुँदैछ।

युनिलिभर नेपालले भने साधारणसभा मिति तय नगरे पनि बुक क्लोजको मिति घोषणा गरेको छ। लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर १२ देखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको हो। वाणिज्य बैंकतर्फ ग्लोबल आईएमई बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले साधारणसभा बोलाएका छैनन्। यसैगरी लाभांश घोषणा गरेका दुईवटै विकास बैंकको पनि साधारणसभा मिति तय भएको छैन। निफ्रा र इमर्जिङ नेपालले पनि साधारणसभाको मिति तय गरेका छैनन्। इमर्जिङ नेपाल र सपोर्टले बुधबारमात्र लाभांश घोषणा गरेका हुन्। लाभांश नदिने घोषणा गरेको कामना सेवा विकास बैंकले पनि साधारणसभा बोलाएको छैन। बैंकले बुधबारै लाभांश नदिने घोषणा गरेको हो।

हालसम्म नेप्सेमा सूचीकृत ३४ मध्ये १९ वटा म्युचुअल फन्डले प्रतिफल घोषणा गरेका छन्। जसमध्ये सबैभन्दा बढी सानिमा इक्विटी फन्डले १८ प्रतिशत प्रतिफल दिने भएको छ। 

लगानीकर्तालाई रित्तो हात पार्नेहरूः

  • कामना सेवा विकास बैंक
  • एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट
  • नेपाल रिपब्लिक मिडिया
  • शिवश्री हाइड्रोपावर
  • मिड सोलु हाइड्रोपावर
  •   माइ खोला हाइड्रो
  • सुपर माई हाइड्रो
     

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.