अमर प्रहरीका परिवारले गरेको लोभ लाग्दो फूल खेती (फोटोफिचर)
वीरेन्द्रनगर : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ चिसापानीमा अमर प्रहरीका परिवारहरूले फूल खेती सुरु गरेका छन्।
नेपाल प्रहरीको श्रीमती संघ कर्णाली प्रदेशको सहयोग तथा प्रदेश प्रहरी कार्यालयको सहजीकरणमा अमर प्रहरीको १५ जना परिवारले २२ कठ्ठा जमिनमा संयुक्त रूपमा फूल खेती सुरु गरेका हुन्।
परिवार गुमाएको पीडा भुल्ने, जीविका चलाउनका लागि आयआर्जन गर्ने तथा तिहारमा बाहिरबाट आयात गरिने फूललाई विस्थापित गर्न आफूहरूले फूल खेती गरेको अमर प्रहरीका परिवार नन्दा श्रेष्ठले बताइन्।
फूल खेतीका लागि प्रदेश प्रहरी श्रीमती संघको ३ लाख ५ हजार अनुदान र प्रदेश प्रहरी कार्यालयले आवश्यक तालिम दिएको छ।