रोशी गाउँपालिकाले भूकम्प पीडितलाई पौने ७ लाख सहयोग गर्ने

रोशी गाउँपालिकाले भूकम्प पीडितलाई पौने ७ लाख सहयोग गर्ने
सुन्नुहोस्

काभ्रे : काभ्रेको रोशी गाउँपालिकाले भूकम्प प्रभावित दुई जिल्लालाई पौने सात लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। 

गाउँपालिकाले ६ लाख ७४ हजार ४३६ रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा सहयोग गर्ने भएको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए। बिहीबार बसेको कार्यपालिकाको बैठकले भूकम्प प्रभावित जिल्लाहरूलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको लामाले बताए।

गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट एक लाख, गाउँपालिकाका जनप्रतिनिधिहरूको १५ दिनको सेवा सुविधा बराबरको रकम ३ लाख ६७ हजार २५०, अधिकृतस्तरका कर्मचारीहरूको २ दिनको तलब  र सहायकस्तरका कर्मचारीहरूको १ दिनको तलब बराबरको रकम २ लाख ७ हजार १८६ गरी कूल रकम ६ लखा ७४ हजार ४३६ प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा गर्ने  निर्णय भएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.