नवलपुर समूह विजेता

नवलपुर समूह विजेता
सुन्नुहोस्

बागलुङ : बागलुङमा जारी गण्डकी प्रदेशस्तरीय ‘बागलुङ कप’ टी-२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकाल्दै नवलपुर समूह विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार आफ्नो दोस्रो खेलमा स्याङ्जालाई ४ विकेटले हराउँदै नवलपुर समूह विजेता बनेको हो। 

१ सय ५ रनको विजयी लक्ष्य पछ्याएको नवलपुरले १६.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। नवलपुरको लागि ओपनर गोविन्द विकले ३८ बलमा ५० रनको अर्धशतकीय इनिङ खेले। रविन तिमिल्सिनाले १० रन बनाए। 

स्याङ्जाको लागि सन्दिप खत्रीले ३.२ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए। आश्विनी रानाले २ विकेट लिए।

त्यसअघि बाङ्गेचौर खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको स्याङ्जाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो। स्याङ्जाको लागि करण पंगेनीले २२ रन र अंकित न्यौपानेले १६ रन बनाए।

नवलपुरको लागि सुदिप अर्याल, कुमार राना र अपरजित पौडेलले २-२ विकटे लिएभने शिशिर भुषाल र कमल परियारले १-१ विकेट लिए। पराजित स्याङ्जा समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

बागलुङ जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शुक्रबार सेमिफाइनलका खेल हुनेछन्। पहिलो सेमिफाइनलमा समूह ए को विजेता कास्की र समूह बी को उपविजेता स्याङ्जाबीच हुनेछभने दोस्रो खेल समूह बी को विजेता नवलपुर र समूह ए को उपविजेता पर्वतबीच हुने बागलुङ जिल्ला क्रिकेट संघका सदस्य एवं प्रतियोगिताका मिडिया फोकलपर्सन अभिषेक कटुवालले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.