वीरगन्जमा मधेसकै पहिलो मल्टिप्लेक्स

वीरगन्जमा मधेसकै पहिलो मल्टिप्लेक्स
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जमा मधेस प्रदेशकै पहिलो मल्टिप्लेक्स सिनेमा हल सञ्चालनमा आएको छ। वीरगन्जको आदर्शनगरस्थित ‘स्काइलाइन’ बहुउद्देश्यीय मलमा क्युएफएक्ससँगको सहकार्यमा मल्टिप्लेक्स सिनेमा हल सञ्चालनमा आएको हो।

काठमाडौं, पोखरालगायत देशका अधिकांश ठूला सहरमा पहिल्यै स्थापित क्युएफएक्सले वीरगन्जको स्काइलाइन मलमार्फत मधेस प्रदेशमा प्रवेश लिएको हो।

मल्टिप्लेक्स सिनेमा हलको बिहीबार पूर्व वनमन्त्री तथा प्रतिनिधिसभा सदस्य प्रदीप यादवले उद्घाटन गरेका हुन्। उद्घाटन गर्दै सांसद यादवले सञ्चालनमा आएको मल्टिप्लेक्स सिनेमा हलले सुस्ताएको वीरगन्ज बजारको आर्थिक गतिविधि पुनः चलायमान बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। सुविधा सम्पन्न मल्टिप्लेक्सको सुविधा लिन काठमाडौंं नै पुग्नुपर्ने बाध्यता अब हटेको भन्दै उनले वीरगन्जबासीले आफ्नै स्थानमा त्यो सुविधा उपभोग गर्न पाउनु खुसीको कुरा भएको बताए। 

बिहीबारदेखि सञ्चालनमा ल्याइएको मलमा रहेको क्युएफएक्स सिनेमा हलमा तीन वटा छुट्टाछुट्टै अडिटोरियम स्क्रिनहरू छन्। जहाँ एकैपटक तिन वटासम्म चलचित्र देखाउन सकिने हलका सञ्चालकले जनाएका छन्। कुल ३ सय ८२ सिट संख्या रहेको हलका दुईवटा अडिटोरियममा रिक्लाइनर सिट पनि छन्। 

सिनेमाको उत्कृष्ट अनुभव दिनका निमित्त अडिटोरियमहरूमा डल्बी साउण्ड सिस्टम जडान गरिएको छ भने एट्मस डल्बी सुविधासमेत रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.