राति ९ बजेपछि देउसीभैलो खेल्न रोक

राति ९ बजेपछि देउसीभैलो खेल्न रोक
फाइल तस्बिर।
सुन्नुहोस्

बागलुङ  : जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति प्रकाशित गरी पर्वहरू प्रचलित परम्पराअनुसार सामाजिक एवं सांस्कृतिक पहिचान कायम हुने गरी प्रचलित कानुनको पालना गर्दै मनाउन अनुरोध गरेको छ। 

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले विज्ञप्ति प्रकाशित गरेर राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने बताएका छन्। उनले सुरक्षालार्ई लक्षित गर्दै उक्त निर्णय भएको बताए। यसपटक बागलुङमा बुधबारदेखि नै विभिन्न क्लब, समूहहरूले देउसीभैलो खेल्न सुरु गरेका छन्।

सहायक प्रजिअ बरालले कसैको इच्छा र चाहना विरुद्धका क्रियाकलाप गर्ने र समाजमा कानुन विपरीत कार्य गर्ने प्रवृत्तिलार्ई नियन्त्रण गरी खुसीयालीपूर्वक मनाउन, शान्ति सुरक्षा एवम् अमनचयन कायम गर्न जिल्लाबासीलार्ई अपिल गरेका छन्। कसैको इच्छा र चाहना विरुद्धका क्रियाकलाप गर्ने र समाजमा कानुन विपरीत कार्य गर्ने प्रवृत्तिलार्ई नियन्त्रण गरी खुसीयालीपूर्वक मनाउन, शान्ति सुरक्षा एवम् अमनचयन कायम गर्न उनले जिल्लाबासीलार्ई अपिल गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.