चाडमा तस्करलाई विशेष छुट !

चाडमा तस्करलाई विशेष छुट !
धनुषाको सीमावर्ती मुखियापट्टी मुसहरनीया गाउँमा तस्करीको सामान ओसार पोसार गर्दै तस्करहरू।

जनकपुरधाम : विहान ३ बजेदेखि ५ बजेसम्म जनकपुरका गल्लीहरूमा तीव्र गतिमा मोटरसाइकल चालकहरू कुदाउँदै लहरै भाग्छन्। नाकमुख मास्क वा गमछाले छोपेर आफ्नै धुनमा मोटरसाइकल चलाइरहेका यी चालकहरू एकपटकमा कम्तीमा पनि ६ देखि १० जनासम्मको समूहमा हुन्छन्।

भारतीय र नेपाली नम्बर प्लेटका यी मोटरसाइकलमा जुटका बोराहरूमा निकै भारी र ठूलो परिमाणमा सरसामानहरू लोड गरिएको हुन्छ। कतिपय मोटरसाइकलमा सामानको मात्रा यति धेरै हुन्छ कि चालक उभिएर कुदाइराखेका हुन्छन्।
 

एका विहानै मोटरसाइकलको ओहोरदोहोरले अशान्त हुने गरेको वातावरण विहानीको किरणले उज्यालो छर्नु अगावै शान्त हुन्छ। यसरी अँध्यारोको मौका छोपी सामान ओसारपोसार गर्नेहरू अरु कोही नभई तस्करहरू हुन्। दसैं, तिहार र चाडवाडका बेला अहिले जनकपुरसहित सीमावर्ती नेपाली बजारमा तस्करहरूको गतिविधि निकै बढेको छ। तर, यो नियन्त्रणका लागि सीमा क्षेत्रमा खटिएका सशस्त्र र नेपाल प्रहरी भने ‘कमिशन र एक्स्ट्रा आम्दानी’कै कारण चुपचाप बसेका छन्।

नुनदेखि सुनसम्म तस्करी हुने नेपाल-भारत सीमा क्षेत्रबाट अहिले चाडवाडको मौका छोपी विशेषगरी चिनी, प्याज, आलु, तेल, लागूऔषध, इलोक्ट्रोनिक्सका सामान र लत्ताकपडाहरूको तस्करी व्यापक मात्रामा भइरहेको छ। जनकपुर बजारमा मात्रै अधिकांश खुद्रे पसुलहरू तस्करबाटै खरिद गरिएका सरसामानहरूको भरमा चलेका छन्। त्यसैगरी सीमावर्ती बजारमा पनि तस्करहरूकै बोलबाला छ। तर, प्रहरी भने बेला-बेलामा थोरबहुत सामान नियन्त्रणमा लिनुबाहेक तस्करी रोक्न खासै कुनै प्रयास नगरेको देखिन्छ। 

तस्करीका सामानहरूको प्रयोग बढेपछि भन्सार तिरेर सर सामान ल्याउने र व्यापार गर्ने जनकपुरका व्यापारीहरूसमेत मारमा परेको उद्योग वाणिज्य संघ जनकपुरका अध्यक्ष जितेन्द्र महासेठ बताउँछन्। ‘तस्करीका सामानहरूले गर्दा स्थानीय व्यापारमा निकै प्रभाव परेको छ। लाखौं राजश्व तिरेर हामी व्यापारीहरूले ल्याउने लत्ता कपडा उचित मूल्यमा बिक्री नहुने र त्यही तस्करीको सामान खरिद बिक्री हुने गरेको अवस्था छ,’ महासेठ भन्छन्, ‘हामी व्यापारीहरूले तस्करी नियन्त्रणका लागि हो-हल्ला गरेपछि र प्रशासनमाथि दबाब बनाएपछि केही दिनका लागि सुरक्षा व्यवस्था कडा पारिन्छ। यहाँ सरकारी संयन्त्र कसरी चलेको छ सबैलाई थाहै छ। केही दिन तस्करी रोक्ने नाटक गरिए पनि फेरि लाइन दिइन्छ र तस्करहरू निर्वाधरूपमा काम गर्न थाल्छन्।’

धनुषामा रहेका केही नामूद तस्करहरू सँग प्रहरीको विशेष साँटघाँट रहेको आरोप लाग्दै आएको छ। तीन दिन अगाडिमात्रै तस्करीलगायत कार्य क्षेत्रमा देखिएको विभिन्न त्रृटिका कारण धनुषाका तीन प्रमुख नाकाका सशस्त्र प्रहरी प्रमुखहरूलाई अनुसन्धानका लागि भन्दै विभागमा तानिएको हो। तराई-मधेसमा बढ्दो तस्करीसम्बन्धी विषयमा छानबिन गर्नका लागि सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट प्रहरी उपरीक्षक भानुभक्त लम्सालको कमाण्डमा खटिएको टोलीले जिल्लाको महिनाथपुर प्रस्तावित गुल्मका डीएसपी प्रेमसागर विष्ट, विओपी धनौजीका प्रमुख रविन्द्र भट्ट र विओपी डेवडिहाका प्रमुख प्रेम विष्टलाई अनुसन्धानका लागि भन्दै विभागमा तानेको धनुषाका सशस्त्र प्रहरी बल उपरीक्षक दिनेश मल्लले पुष्टि गरेका छन्। 

मल्ल भन्छन्, ‘तस्करी नियन्त्रणका लागि हामीले दिनरात प्रयास गरेकै छौं। तर, यहाँ यति धेरै चोर बाटोहरू छन् कि सबैलाई निगरानी गर्न हामीसँग पर्याप्त जनशक्ति पनि छैन। तैपनि सशस्त्र प्रहरीले सक्दो प्रयास गरेको छ।’ 

प्रहरीभित्रै तस्करका सुराकीहरू भएको कारणले पनि तस्करी नियन्त्रण गर्न चुनौती थपिएको एक प्रहरी नाम नखुलाउने सर्तमा बताए। ‘अहिले सशस्त्र प्रहरीलाई सिभिल ड्रेसमा अनुगमन गर्न रोक लगाइएको छ। बर्दीमा छापा हान्न वा निगरानी गर्न जाँदा प्रहरी निस्कनु अगावै तस्करलाई खबर पुग्छ यहाँ आफैंभित्रका केही व्यक्तिहरूको गलत मनसायले पनि निकै समस्या भएको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.