उदयपुरको विकट गाउँ इनामेमा पुग्यो बस
उदयपुर : उदयपुरको विकट ताप्ली गाउँपालिकाको इनामेलाई संघीय राजधानी काठमाडौंसँग यातायातले जोडिएको छ।
काठमाडौंको सिधा यातायात सञ्चालन नहुँदा तीनवटा गाडी परिवर्तन गर्दै झन्झटिलो र महंगो यात्रा गरिरहेका वडा नम्बर ३ इनामेबासीले बिहीबारबाट बस सेवा लिएका हुन्।
प्र २-०१-००५ ख९५८९ नम्बरको यात्रुवाहक बसको पालिका अध्यक्ष ढुंगराज बिक र उपाध्यक्ष धनामाया मगरले रिबन काटेर उद्घाटन गरे। सिधा यातायात सञ्चालनको सेवाले इनामेबासीलाई राहत पुगेको अध्यक्ष बिकले बताए।
पालिकाबासीको अनुरोधमा नमस्ते रूपाटार कम्पनीले दुई वटा बसमार्फत तराई पहाड यातायात सेवा सुरु गरेको हो। प्रालिका सञ्चालक विकास पाख्रिनका अनुसार हरेक दिन बिहान ५ बजे छुटेर साँझ ५ बजे काठमाडौं पुग्ने छ।
प्रतिक्रिया दिनुहोस !
८