बिवाइडी डल्फिन र बिवाइडी सिललाई सुरक्षामा ‘फाइभ स्टार’ रेटिङ
काठमाडौं : बिवाइडी डल्फिन र बिवाइडी सिलले सुरक्षामा फाइभ स्टार मूल्यांकन प्राप्त गरेका छन्।
अस्ट्रेलियाको नयाँ कारको मूल्यांकन गर्ने प्रविधि न्यू कार एसेसमेन्ट प्रोग्राम (एनक्याप) परीक्षण मापदण्ड अनुसार बिवाइडी डल्फिन र बिवाइडी सिलले फाइभ स्टार प्राप्त गरेका हुन्।
एनक्यापको रिपोर्ट अनुसार बिवाइडी सिलले खम्बा (पोल) परीक्षणमा चालक र बालबालिका यात्रुहरूलाई ‘साइड इम्प्याक्ट टेस्ट’ मा सुरक्षा गर्नेतर्फ पूर्ण अंक प्राप्त गरेको छ।
यस्तै वयस्कको सुरक्षामा ८९ प्रतिशत, बालबच्चाको सुरक्षामा ८७ प्रतिशत, सम्भावित जोखिममा रहेका सडक यात्रुको सुरक्षामा ८२ प्रतिशत र सुरक्षा सहयोगमा ७५ प्रतिशत प्राप्त गरेको कम्पनीले जनाएको छ।