समाजवादी आन्दोलनका लागि नयाँ विचार निर्माण आवश्यक छ : प्रधानमन्त्री दाहाल

समाजवादी आन्दोलनका लागि नयाँ विचार निर्माण आवश्यक छ : प्रधानमन्त्री दाहाल
सुन्नुहोस्

रोल्पा : प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा समाजवादी आन्दोलनका लागि नयाँ विचार निर्माणको आवश्यकता भएको बताएका छन्। 'समाजवादको आधार तय गर्नका लागि नयाँ विचार निर्माणको आवश्यकता छ,' दाहालले रोल्पाका लिबाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै भने, 'नयाँ विचार निर्माण गर्न रोल्पालीको सुझावको खाँचो छ।'

युद्धका बेला प्रचण्डपथको समेत विकास गरिएको स्मरण गर्दै समाजवादका लागि त्यहीँ पथ ब्युझाउनुपर्छ भन्ने नभई नयाँ विचारको विकास जरुर रहेको जिकिर गरे। 'जनतासँग माओवादी विशेष रुपान्तरण अभियानअन्तर्गत शुक्रबार माओवादीले आयोजना गरेक बृहत् जनसभाको प्रमुख अतिथि रहेका अध्यक्ष दाहालले रोल्पा आउँदा आफूलाई ऊर्जा मिल्ने बताए।

'जनयुद्धको तयारी, युद्धताका रोल्पाली जनतासँग भेटघाट हुँदा र शान्तिकालयता जहिल्यै रोल्पा आउँदा मलाई गर्व महसुस हुन्छ र बेग्लै ऊर्जा मिल्छ,' अध्यक्ष दाहालले भने, 'रोल्पा क्रान्ति, रुपान्तरण, शान्तिनिर्माण र पुनर्निर्माणको प्रतीक हो।' 

उनले नेकपा माओवादी पुन:निर्माणको प्रक्रियामा रहेको बताए। आफ्नो नेतृत्वको सरकारले  भ्रष्टाचार, नक्कली भुटानी शरणार्थी प्रकरण, जग्गा दलालीजस्ता घृणित कार्यको विरुद्ध काम गर्दै आएको उल्लेख गर्दै सुशासनको लागि पछि नहट्ने बताए। आफूले सरकारको नेतृत्व गर्न आउँदाको भन्दा अहिले अर्थतन्त्रसमेत लयमा फर्किएको उनको भनाइ छ। 'अहिले रेमिट्यान्ससमेत बढेको छ। एक वर्षसम्म आयात गर्न सकिने अवस्थामा छ,' उनले भने। बैंकको ब्याजदर घताउन भनिसकेको अर्थतन्त्रको सुधारका लागि तिहार लगत्तै बृहत् छलफलसमेत गर्ने तयारीमा जुटेको बताए।

हालै चीन सरकारसँग गरेको सम्झौताबमोजिमको एउटा कृषि प्रोजेक्ट रोल्पा ल्याउने आश्वासन दिए। सरकारले चीन, भारत र विभिन्न देशको भ्रमणबाट नेपालको हित हुने अपेक्षा गरेको प्रधानमन्त्री दाहालले दाबी गरे। विहानैदेखि रोल्पाको विभिन्न कार्यक्रममा सरिक भएका दाहालले रोल्पामा आफ्नो विशेष सम्बन्ध रहेको दोहोर्‍याए। 

हेलिकोप्टरबाट थबाङ पुगेका प्रधानमन्त्री दाहालले त्यहाँका जनप्रतिनिधि र पार्टी नेता कार्यकर्तासँग कार्यमासमेत सरिक रहे। थबाङ खोलामा निर्माण भएको सहिद मार्ग अन्तर्गतको लामो पुलको उद्घाटनसमेत गरे। रेउघामा निर्मित पचास शय्या रोल्पा अस्पतालको पनि उद्घाटन गरे। आधुनिक भवन बने पनि विशेषज्ञ चिकित्सक अभाव रहेकोप्रति प्रधानमन्त्री दाहालले ध्यानाकर्षण भएको भन्दै स्वास्थ्य मन्त्रालयसँग छलफल गरी सम्बोधन गर्ने बताए।

प्रधानमन्त्री दाहालसँगै आएका माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री दाहालले थालनी गरेको भ्रष्टाचार विरुद्धको अभियानमा आफ्नो समेत साथ रहेको दाबी गरे। पछिल्लो समय आफू, पूर्व सभामुख कृष्णबहादुर महरा र पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनबारे विभिन्न प्रश्न उठ्ने गरेको भन्दै संघीय सांसदसमेत रहेका नेता पुनले आफूहरुबाट गलत भएको भए छुट नपाउने बताए। लामो उपचारपछि आफू पुर्ण स्वस्थ भएको जानकारी दिँदै जनसभामा सम्बोधन गर्दै गणतन्त्रको विकल्प नरहेको बताए।

माओवादी केन्द्रका नेता एवं लुम्बिनी प्रदेश इन्चार्ज हितमान शाक्यले पार्टी अलिअली बिग्रेकाले रुपान्तरण अभियान चलाउनुपरेको बताए।  दिनभरि सरकारी र पार्टीको विभिन्न कार्यक्रममा सरिक प्रधानमन्त्री दाहाल हेलिकोप्टरबाट बेलुका काठमाडौं फर्किएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.