राष्ट्रिय क्रिकेट टिमका आसिफ र आरिफ गृहनगर वीरगन्जमा सम्मानित

राष्ट्रिय क्रिकेट टिमका आसिफ र आरिफ गृहनगर वीरगन्जमा सम्मानित
सुन्नुहोस्

वीरगन्ज : हालै सम्पन्न टि–२० विश्वकप एसिया छनौटमा उत्कृष्ट प्रदर्शन गरेका नेपाल राष्ट्रिय क्रिकेट टिमका सदस्य आसिफ शेख र आरिफ शेखलाई वीरगन्जमा सम्मान गरिएको छ। 

पर्सा क्रिकेट संघले राष्ट्रिय क्रिकेट टिमका खेलाडीद्वय आसिफ र आरिफलाई सम्मानित गरेको हो। आसिफ र आरिफ सहोदर दाजुभाइ पनि हुन्।

वीरगन्ज १३ मुर्लीका स्थानीयवासी शेखद्वयले नेपाली राष्ट्रिय टिमबाट खलेर उत्कृष्ट प्रदर्शन गर्दै वीरगन्जसहित नेपालकै प्रतिष्ठा बढाएको भन्दै पर्सा क्रिकेट संघले शेखद्वयलाई सम्मानित गरेको हो।

संघका अध्यक्ष मनिष सिंहले शेखद्वयलाई पुरस्कार सामग्री र नगदसहित सम्मानित गरेको संघका उपाध्यक्ष मुर्तुजा हवारीले जानकारी दिए।

‘पर्सा जिल्लाबाट क्रिकेट खेल सिकेर गएका आरिफ र आसिफ शेख आज नेपालको राष्ट्रिय टिमका लागि अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेलहरूमा सहभागी भएको देख्दा निकै खुसी लाग्छ,’ संघका अध्यक्ष सिंहले भने, ‘उनीहरूले क्रिकेटमा उत्कृष्ट प्रदर्शनी गरेर देशलाई उपाधि दिलाउँदा सबैभन्दा धेरै वीरगन्जवासी खुसी हुन्छन्।’ सहोदर दाजुभाइ शेखद्वय वीरगञ्ज – १३ मुर्ली निवासी हुन्।

शेखद्वयले क्रिकेट र देशका लागि पुर्‍याएको योगदानको जति मूल्यांकन गरे पनि त्यो कम नै हुने भन्दै सिंहले भने, ‘सानो भए पनि हामीले उनीहरूलाई सम्मानित गरेर हौसला बढाउने प्रयास गरेका छौँ। आगामी दिनमा उनीहरूले थप ऊर्जाका साथ खेल्दै नेपाली क्रिकेटलाई उँचाइमा पुर्‍याउने हामीले विश्वास लिएका छौँ।’


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.