मैत्रीपूर्ण महिला फुटबल खेलमा भारतको बिहारलाई हराउँदै नेपालको वीरगन्ज विजयी

मैत्रीपूर्ण महिला फुटबल खेलमा भारतको बिहारलाई हराउँदै नेपालको वीरगन्ज विजयी
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जमा शुक्रबार नेपालको वीरगन्ज र भारतको बिहारको महिला फुटबल टिमबीच भएको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ। 

वीरगन्ज गोल्डकप फुटबल २०८० अन्तर्गत शुक्रबार भएको मैत्रीपूर्ण खेलमा भारतको  बिहारलाई २-० ले हराउँदै नेपालको वीरगन्ज युथ एकेडेमी विजयी भएको हो।

आदर्शनगर रंगशालामा भएको मैत्रीपूर्ण खेलमा वीरगन्जको जीतमा अनिषा मगर र कविता गुरुंगले गोल गरेका हुन्। कूल ७० मिनेट खेलाइएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। 

वीरगन्जले दुवै गोल दोस्रो हाफमा गरेको हो। खेलको ४७ औं मिनेटमा सुनिता सुनारले दिएको पासमा अनिषाले गोल गर्दै आफ्नो टिमलाई १-० को अग्रता दिलाएकी थिइन्। खेलको ६१ औं मिनेटमा कविताले थप एक गोल गर्दै वीरगन्जलाई २-० को जीत दिलाउन सफल भइन्। 

उक्त मैत्रीपूर्ण खेलको वुमेन अफ दी म्याच वीरगन्जका लागि दोस्रो गोल गरेकी कविता गुरुङ घोषित भइन्। मैत्रीपूर्ण खेलको विजेता र उपविजेता दुवै टिमलाई आयोजक भेट्रान सिटी क्लबले ट्रफी र मेडल प्रदान गरेको थियो। 

कात्तिक १८ देखि जारी वीरगन्ज गोल्डकप फुटबलको उपाधिका लागि फाइनल खेल शनिबार हुँदैछ। उपाधिका लागि शनिबार दुई विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै छन्।

मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगिता कार्तिक २५ गते सम्म चल्ने छ। प्रतियोगितामा नेपालका ६ र भारतका दुई गरी कूल आठ टिम सहभागी छन्।

वीरगन्ज महानगरपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको उपाधि उपविजेता टिमले नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमले नगद ५ लाख ५५ हजाार ५ सय ५५ रुपैयाँका साथै शील्ड र मेडल प्राप्त गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.