गाजाको विद्यालयमा आक्रमण, ५० जनाको मृत्यु
![गाजाको विद्यालयमा आक्रमण, ५० जनाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/gajapatti_CQpdRpvyKX_FV21RSHaLj.jpg)
गाजा शहरको एउटा विद्यालयमा शुक्रबार भएको आक्रमणमा परी करिब ५० जनाको मृत्यु भएको अल-सिफा अस्पतालका निर्देशकले जनाएका छन्।
'गाजाको अल-नासर नजिकै रहेको अल-बुराक स्कूल आसपासबाट शुक्रबार बिहान स्कूललाई लक्षित गरी क्षेप्यास्त्र र तोपखानाले आक्रमण गरिएको थियो। आक्रमणपछि करिब ५० जना मारिएका छन्,' अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले उल्लेख गरेका छन्।
एएफपीले मृतकको सङ्ख्या तत्काल पुष्टि गर्न नसकिएको जनाएको छ। रासस
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)