तल्लो स्तरमा उत्रेर पुराना पार्टीका नेता र गणतन्त्रमाथि प्रश्न उठाउने दुष्साहस भइरहेको छ : प्रचण्ड

तल्लो स्तरमा उत्रेर पुराना पार्टीका नेता र गणतन्त्रमाथि प्रश्न उठाउने दुष्साहस भइरहेको छ : प्रचण्ड
तस्बिर : प्रधानमन्त्री सचिवालय
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रिय सम्वतलाई व्यवहारमा लागू गर्ने बताएका छन्। शनिबार पद्मरत्न तुलाधर राष्ट्रिय स्मृति प्रतिष्ठान र पद्मरत्न लुमन्ति गुथिद्वारा आयोजित पद्मरत्न तुलाधरको पाँचौं स्मृति दिवसको कार्यक्रमलाई  सम्बोधन गर्दै उनले नेपाल सम्वतलाई नेपाल सरकारका दस्तावेजमा लेख्न बताएका छन्।

उनले भने, ‘पहिलो पटक प्रधानमन्त्री हुँदा मैले नेपाल सम्वतलाई राष्ट्रिय सम्वत् घोषणा गरेँ। अब भनेर मात्र भएन व्यवहारमा कार्यन्वयन पनि गर्नुपर्‍यो। अब राष्ट्रिय सम्बत् नेपाल सरकारका दस्तावेजमा लेख्ने गरी, माइन्युटमा लैजाने प्रतिबद्धता व्यक्त गर्दछु।’ 

null

उनले पद्मरत्न तुलाधर राजनीतिक र सांस्कृतिक आन्दोलनको अग्रज भएको बताए। उनी राष्ट्रिय व्यक्तित्वसमेत रहेको बताए। मानव अधिकार र साँस्कृतिक आन्दोलन संवर्द्धनमा तुलाधारले ऐतिहासिक भूमिका निर्वाह गरेको उनको भनाई छ। 

प्रचण्डले पुराना पार्टी, गणतन्त्रमाथि प्रश्न उठाउने दुष्साहस भइरहेको बताए। उनले लामो संघर्ष र बलिदानबाट स्थापित गणतन्त्रमाथि तल्लो स्तरमा उत्रेर प्रश्न उठाउने दुस्साहस भइराखेको टिप्पणी गरे । 

‘अहिले विभिन्न कोणबाट लामो संघर्ष र बलिदानबाट प्राप्त भएका उपलब्धि माथि, गणतन्त्र र लोकतन्त्रमाथि पनि एकथरी मान्छेहरुले बडो तल्लोस्तरमा उत्रिएर प्रश्न उठाउने दुष्साहस गरेका छन्।’ उनले थपे ‘यति ठूलो र लामो संघर्ष र बलिदान, पार्टी पुराना र नेताहरुको विचारको योगदानबाट स्थापित संघीय गणतन्त्रमाथि प्रश्न उठाउने दुष्साहस भइरहेको छ।’ 

उनले नयाँ पुस्तालाई गएको ७० वर्षको नेपाली जनताको विरासत र इतिहास जानकारी गराउनुपर्ने आवश्यकता समेत बताए। उनले प्राप्त उपलब्धिको बारेमा जनतालाई बुझाउनुपर्ने आवश्यकता झन् बढेको बताए।

लोकतन्त्रवादी, मानवअधिकारका अभियन्ता तथा आदिवासी जनजातिका अगुवा तुलाधरको गतवर्ष ७८ वर्षको उमेरमा निधन भएको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.