खुला ब्याडमिन्टनको उपाधि नरेन र राजकुमारको जोडीलाई
धरान : तिहारको उपलक्ष्यमा शनिबार आयोजना गरिएको धरान नगरस्तरीय खुला पुरुष ब्याडमिन्टन प्रतियोगिताको उपाधि नरेन गुरुङ र राजकुमार आङबुहाङको जोडीले जितेको छ।
नरेनको जोडीले सङगेन राई र धनबहादुर चेम्जोङको जोडीलाई १८-२१,२१-१८ र २१-१९ नम्बरले जितेका छन्। प्रतियोगिताको प्रथम हुने नरेन र राजकुमारको जोडीले नगद १० हजार पुरस्कार प्राप्त गरे। दोस्रो हुने साङगेन र धनबहादुरको जोडीले नगद ५ हजार ५ सय पुरस्कार पाए।
लामको जोडीले दोर्ण राई र धनमोल राईको जोडीलाई १८-२१, २१-१८, २१-१९ नम्बरले हराउँदै उपाधि जितेका हुन्। उपाधि विजेता लामाको जोडीले नगद ५ हजार नगद र एउटा भाले पुरस्कार प्राप्त गरे। दोस्रो भएका दोर्ण राई र धनमोल राईले नगद ३ हजार र भाले पुरस्कार प्राप्त गरेका छन्।
विजयी खेलाडीलाई प्रतियोगिताको आयोजक संस्था अमर सेवा समाजका अध्यक्ष भुमीराज लिम्बु र प्रतियोगिता संयोजक याङ्ला शेर्पा लिम्बुले पुरस्कार वितरण गरेका थिए।