खुला ब्याडमिन्टनको उपाधि नरेन र राजकुमारको जोडीलाई

खुला ब्याडमिन्टनको उपाधि नरेन र राजकुमारको जोडीलाई
सुन्नुहोस्

धरान : तिहारको उपलक्ष्यमा शनिबार आयोजना गरिएको धरान नगरस्तरीय खुला पुरुष ब्याडमिन्टन प्रतियोगिताको उपाधि नरेन गुरुङ र राजकुमार आङबुहाङको जोडीले जितेको छ। 

नरेनको जोडीले सङगेन राई र धनबहादुर चेम्जोङको जोडीलाई १८-२१,२१-१८ र २१-१९ नम्बरले जितेका छन्। प्रतियोगिताको प्रथम हुने नरेन र राजकुमारको जोडीले नगद १० हजार पुरस्कार प्राप्त गरे। दोस्रो हुने साङगेन र धनबहादुरको जोडीले नगद ५ हजार ५ सय पुरस्कार पाए।
 

भक्त राई र धनेन्द्रसेर राई तथा मणि चाम्लिङ र राज राईको जोडी संयुक्त तेस्रो भए। उनीहरूले नगद ३ हजार पुरस्कार प्राप्त गरे। भेट्रान डबल तर्फ नेपाल ब्याडमिन्टन संघका केन्द्रीय उपाध्यक्ष चन्द्रशेख लामा र श्याम लिम्बुको जोडी प्रथम भएको छ। 

लामको जोडीले दोर्ण राई र धनमोल राईको जोडीलाई १८-२१, २१-१८, २१-१९ नम्बरले हराउँदै उपाधि जितेका हुन्। उपाधि विजेता लामाको जोडीले नगद ५ हजार नगद र एउटा भाले पुरस्कार प्राप्त गरे। दोस्रो भएका दोर्ण राई र धनमोल राईले नगद ३ हजार र भाले पुरस्कार प्राप्त गरेका छन्। 

विजयी खेलाडीलाई प्रतियोगिताको आयोजक संस्था अमर सेवा समाजका अध्यक्ष भुमीराज लिम्बु र प्रतियोगिता संयोजक याङ्ला शेर्पा लिम्बुले पुरस्कार वितरण गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.