अल्जेरियामा नयाँ प्रधानमन्त्री नियुक्त
![अल्जेरियामा नयाँ प्रधानमन्त्री नियुक्त](https://annapurnapost.prixacdn.net/media/albums/larbaoui_nadir_onu_36d8t3D2V6_I4IjHGkl7T.jpg)
अल्जेरियामा नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ । अल्जेरियाका राष्ट्रपति अब्देलमादजिद टेब्बौनेले शनिबार एन्नादिर लार्बाउईलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन्।
एन्नादिर लार्बाउईले सन् २०२१ मा नियुक्त भएका आयमेन बेनाबदेररहमानेको स्थान लिने छन् ।
संयुक्त राष्ट्रसंघका लागि अल्जेरियाका पूर्व स्थायी प्रतिनिधि लारबाउईले देशको नयाँ प्रधानमन्त्री नियुक्त हुनु अघि मन्त्रिपरिषद्को निर्देशकको रूपमा काम गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)