गोरखामा आगलागी, घरभित्रै जलेर आमा-छोराको मृत्यु

गोरखामा आगलागी, घरभित्रै जलेर आमा-छोराको मृत्यु

गोरखा : गोरखाको धार्चे गाउँपालिका–१ हुल्चुकमा शनिबार राती घर जल्दा डढेर आमा छोराको मृत्यु भएको छ। ७८ वर्षीया कान्छी गुरुङको घरमा आगलागी हुँदा उनी र अपाङ्गता भएका उनका ३९ वर्षीय छोरा चमारसिँह  गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। 

‘हिजो राती घरमा आगलागी भएको रहेछ, हामीलाई बिहान मात्र खबर आयो’, प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले भने, ‘जगत प्रहरी चौकीको टोली घटनास्थल पुगिसक्यो, आरुघाटबाट प्रहरी निरीक्षक कमाण्डको टोली जाँदै छ।’ 

हालसम्म प्राप्त जानकारी अनुसार आगलागीबाट घर पूर्ण रुपमा क्षति भएको र आमा छोराको घरभित्रै जलेको अवस्थामा शव फेला परेको उनले जानकारी दिए। 

वडाध्यक्ष रामसिंङ गुरुङले घटनाबारे शनिबार राती १० बजे खबर आएको बताए। ‘खबर आएलगत्तै हामी त्यहाँ पुग्दा घरको बाहिरै भागमा समेत आगो फैलिसकेको रहेछ, गाग्री र बाल्टीमा पानी बोकेर आगो निभाउन हामीलाई करिव डेढ घण्टा जस्तै लाग्यो, बल्लतल्ल आगो नियन्त्रणमा आयो। घरभित्र पस्दा दुबै जनाको शव जलेर चिन्नै नसक्ने अवस्थामा फेला पार्‍यौं’, उनले भने। 

चिसोका कारण न्यानो बनाउन फुकेको आगो फैलिएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.