चाडपर्व सुरक्षाका लागि ५० हजार प्रहरी

चाडपर्व सुरक्षाका लागि ५० हजार प्रहरी
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : तिहार र छठलगायतका चाडपर्व नजिकिँदै गर्दा प्रहरीले देशभरको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ। देशैभर शान्ति सुरक्षा कायम गर्न प्रहरीले ५० हजार ३ सय प्रहरी कर्मचारी खटाएको छ। विशेष गरी चाडपर्वमा बढ्नसक्ने चोरी, ठगी, लुटपाट र अपराधका घटना न्यूनीकरण गर्न प्रहरी परिचालनमा कडाइ गरिएको हो। 

नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतका अनुसार नागरिकको जनधनको सुरक्षाका लागि प्रहरीले सबैतिर निगरानी बढाइरहेको छ। भिडभाडमा हुनसक्ने दुर्घटनालार्ई मध्यनजर राख्दै मापसे चेकजाँच, सवारी चेकजाँच तथा विभिन्न ठाँउमा सुरक्षा चेकजाँच बढाएको छ। कडायत भन्छन््, ‘चाडपर्वको बहानामा हुनसक्ने अपराधका घटनामा नागरिक सचेत हुनुपर्छ।’ 

काठमाडौंं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेसराज मैनालीले बहुमूल्य सामान बोकेर भिडभाडमा जाने गल्ती नगर्न अनुरोध गरेका छन्। 

तिहार, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा शान्ति र सुरक्षालार्ई मजबुद बनाउन लंगुरबुर्जा, जुवा र तासलगायत हारजित हुने खेल खेल्ने वा खेलाउने कार्य नगर्न र नगराउन उपत्यका प्रहरी कार्यालयको अनुरोध छ। यस्ता खेल खेल्ने र खेलाउने कानुनी कारबाहीमा पर्न सक्छन्।

मैनाली भन्छन्,‘चाडपर्वको समय भएकाले यातायात क्षेत्रमा हुने अवाञ्छित गतिविधिलार्ई पनि ट्राफिकमार्फत निगरानी बढाइएको छ। उपत्यकामा मात्रै चाडपर्व लक्षित सुरक्षाका लागि ७ हजार ६३३ प्रहरी परिचालन गरिएको छ।’ 

पटाका, आतिसबाजीजस्ता विस्फोटक पदार्थको कारोबार नगर्न, मादकपदार्थ सेवन (मापसे) र लागूपदार्थ सेवन (लापसे) गरी सवारीसाधन नचलाउन, यात्राको क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान प्रहरीको अनुरोध छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.