नेपाली फूलको प्रवर्द्धन गर्न धनगढी उपमहानगरले दुई ठाउँमा बिक्री केन्द्र तोक्यो

नेपाली फूलको प्रवर्द्धन गर्न धनगढी उपमहानगरले दुई ठाउँमा बिक्री केन्द्र तोक्यो
तस्बिर : अन्नपूर्ण

धनगढी : धनगढी उप–महानगरपालिकाले दुई ठाउँमा फूल बिक्री केन्द्र स्थापना गरेको छ । उपमहानगरपालिकाले तालिम,बिउ र उपकरण दिएर फूल खेतीमा लाग्न प्रोत्साहन गरेपछि धनगढी किसानले यस वर्ष ठूलो मात्रामा फूल उत्पादन गरेका छन् । 

फूल, माला र सजावटका लागि बिक्री वितरण गर्न सहज होस् भन्ने उद्देश्यले उपमहानगरपालिका परिसर र बोराडाँडीमा रहेको भाटभटेनीमा फूल बिक्री केन्द्र स्थापना गरिएको मेयर गोपाल हमालले जानकारी दिए ।

बिक्री केन्द्रबाट बिहानैदेखि फूल किन्नेहरु आउन थालेको स्टलमा रहेकी व्यापारी तथा किसान सुशिला बिष्टले बताइन् । आइतबार बिहान दुवै बिक्री केन्द्रको धनगढी उपमहानगरपालिकाका नगर उपप्रमुख कन्दकला कुमारी रानाले उद्घाटन गरेकी थिइन्। 

उपप्रमुख रानाले धनगढीमा उत्पादन भएर बढी भएको फूल बिक्री केन्द्रमा खरिद पनि गरिने जानकारी दिइन्। उनले स्थानीय फूल र माला खरिद गरी किसानलाई प्रोत्साहन गर्न आग्रह गरिन्। बिक्री केन्द्रमा ताजा फूल र माला बिक्रीका लागि राखिएका छन्।

 यहाँ प्रतिमाला फूल एक सय र फूल एक किलोको चार सय रुपैयाँ मुल्य किसानले तोकेका छन्। धनगढी उपमहानगरपालिकाले २६ जना किसालाई फूल खेती र फूल सजावटको गरी दुई चरणको तालिम दिएको थियो । तालिम पाएपछि विगतका वर्षभन्दा यस वर्ष धनगढीमा फूल खेती गर्ने किसानको संख्या बढेको छ। 

एक कट्ठादेखि डेढ बिघासम्म फूल खेती गरेका किसान अहिले तिहारका लागि बिक्री गर्ने काममा व्यस्त छन्। धनगढी उपमहानगरपालिकाका अनुसार,उपमहानगरका १९ कट्ठामा यस वर्ष मात्रै ८५ कठ्ठामा फूल खेती गरिएको छ।

उपमहानगरपालिकाले आफैले पनि वडा ६ मा  १५ कठ्ठा जमिनमा प्रर्दशनका लागि हाइव्रिड जातको फूल खेती गरेको छ। उक्त जमिनमा २० टन फूल उत्पादन हुने लक्ष्य उपमहानगरपालिकाले राखेको छ। धनगढी उपमहानगरपालिकाले फूल बिक्रिका लागि काठमाडौंसम्म पनि सम्पर्क गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.