चोरी शिकारीको आरोपमा ४ जना पक्राउ
गुलरिया : चोरी शिकारीको आरोपमा ४ जना पक्राउ पक्राउ परेका छन्। बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको देवीदत्त गण तथा निकुञ्ज कार्यालयबाट गरिएको संयुक्त अपरेसनका क्रममा सुर्खेतबाट वन्यजन्तुको सुकुटी लगायत बन्दुकसहित ४ जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा सुर्खेत बराहताल गाउँपालिका-१ का ६६ वर्षीय गमन वली, ४३ वर्षीय श्यामबहादुर वली, ३८ वर्षीय चन्द्रबहादुर वली र ३८ वर्षीय दिलबहादुर वलीलाई नियन्त्रणमा लिएको छ।
सुर्खेत जिल्लाको वराहताल गाउँपालिका-१ तेलपानीस्थित आफ्नै निवासबाट उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट २ वटा भरुवा बन्दुक, ४० किलोभन्दा बढी जरायो जस्तो देखिने जंगली जनावरको सुकुटी तथा २ वटा जरायोको सिङ लगायत अन्य अखेटोपहार बरामद गरेको संरक्षण अधिकृत बद्री विनोद दाहालले जानकारी दिए। गोप्य सूचनाका आधारमा उनीहरूलाई नियन्त्तणमा लिएका छौं।