बल्खुमा एक जना पुरुषको शव भेटियो
काठमाडौं : काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित सुकुम्वासी बस्तीमा पुरुषको शव फेला परेको छ।
सुकुम्वासी बस्तीको टहरामा बस्दै आएका मोरङ पथरी शनिश्चरे नगरपालिका–१ का स्थायी बासिन्दा ४५ वर्षीय गोकुल खड्का आज मृत अवस्थामा फेला परेका हुन्।
प्रहरीका अनुसार सिन्धुलीको दुधौली नगरपालिका–५ सिर्थौली बस्ने ६० वर्षीय सर्लु कुमारको कमला खोलामा डुबेर आज मृत्यु भएको छ। नुहाउने क्रममा उनी डुबेका हुन्। तीनवटै घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।