टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको पत्राचार

टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको पत्राचार
सुन्नुहोस्

काठमाडौं : टिकटक बन्द गर्ने सरकारको निर्णयपछि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरेको छ। सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो।

प्राधिकरणका उपनिर्देशक अच्युतानन्द मिश्रले नेपालभरिका इन्टरनेट सेवा प्रदायकलाई टिकटक बन्द गर्न पत्राचार गरिएको बताए। 'सरकारको निर्णयअनुसार इन्टरनेट सेवा प्रदायकलाई हामीले पत्राचार गरिसकेका छौं,' अन्नपूर्णसँग उनले भने। प्राधिकरणले मोबाइल सेवा प्रदायक नेपाल टेलिकम र एनसेललाई पनि टिकटक ब्लक गर्न पत्राचार गरिएको स्रोतले जानकारी दिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। टिकटकले सामाजिक सद‍्भाव बिथोल्नेगरी पारिवारिक संरचना र सामाजिक सम्बन्धलाई खलबल्याउने गरी प्रचारप्रसार हुनथालेपछि बन्द गर्न निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। उनले आजदेखि नै टिकटक बन्द हुने बताएका थिए। 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.