टिकटक बन्द गर्ने निर्णयप्रति सर्वसाधारणले गरे सरकारको प्रशंसा

टिकटक बन्द गर्ने निर्णयप्रति सर्वसाधारणले गरे सरकारको प्रशंसा

काठमाडौं : टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति सर्वसाधारणले प्रशंसा गरेका छन्। सोमबार मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। सरकारले निर्णय गरेलगत्तै अन्नपूर्णपोस्ट्ले सर्वसाधारणको राय बुझेको थियो। अधिकांशले सरकारले ढिलै भए पनि टिकटक बन्द गरेर राम्रो काम गरेको भन्दै प्रशंसा गरेका छन्।

हामीले फेसबुकमा सोधेको थियौं, टिकटक बन्द गर्ने सरकारको निर्णय तपाईंलाई कस्तो लाग्यो? प्रश्नमा सन्जु काजीले सरकारले ढिलै भए पनि राम्रो निर्णय गरेको र टिकटकले हरेक क्षेत्रलाई तहसनहस पारेको उल्लेख गरेका छन्। शिव बस्नेतले सरकारको स्वागतयोग्य निर्णय भन्दै प्रशंसा गरेका छन्। 

त्यस्तै रविराज साह भन्छन्, 'बल्ल सरकार छ भन्ने आभास हुँदैछ। टिकटकले गर्दा मधेसमा कलाकारहरू पलायन भइसकेका थिए।' बस्नेत कान्छो कमलले समाजमा विकृति विसंगति र द्वन्द्व सिर्जना गर्ने प्रमुख माध्यम नै टिकटक भएको बताउँछन्। धरानको घटनामा पनि टिकटक मुख्य कारण भएको उनको बुझाइ छ। चन्द्रप्रसद देवकोटाले स्वागतयोग्य निर्णय भन्दै टिकटकलाई सधैंका लागि बन्द गर्न सुझाव दिए।

त्यस्तै लुमा पन्थीले उत्पादन र विकासमा लाग्नुपर्ने जनता टिकटकमा मात्रै लागेर आफू र परिवारलाई समेत सम्हाल्न बिर्सेको अवस्था आएकाले सरकारको राम्रो निर्णय गरेको बताए। युवराज गौतमले पछिल्लो समय सामाजिक सद्‌भाव भड्काउन टिकटकको दुरुपयोग बढेको बताए। अभिव्यक्ति स्वतन्त्रताभन्दा माथि सामाजिक सद्‌भाव रहेको उनको भनाइ छ।

त्यस्तै तेज बन्जाडेले अभिव्यक्ति स्वतन्त्रताका लागि अन्य पर्याप्त प्लेटफर्महरू रहेको बताउँदै सरकारलाई धन्यवाद दिएका छन्। निराजन अर्यालले सरकारको निर्णयको प्रशंसा गर्दै अब विकृति र विसंगतिको अन्त हुने बताए।

प्रेमा गुरुङले टिकटकका धेरै फाइदा ऐए पनि नेपालमा यसको दुरुपयोग भइरहेकाले निर्णय सही भएको बताइन्। महानन्द जोशीले भने पनि टिकटकको सदुपयोगभन्दा दुरुपयोग गर्ने बढी रहेको बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.