सबै जाति, भाषा, संस्कृतिको पहिचानलाई स्थापित गरेर मात्र स्वाभिमानको रक्षा गर्न सकिन्छ : प्रचण्ड

सबै जाति, भाषा, संस्कृतिको पहिचानलाई स्थापित गरेर मात्र स्वाभिमानको रक्षा गर्न सकिन्छ : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शंखधर शाख्वा  प्रगतिशील सामाजिक अभियन्ता र नेपाल संवतका प्रवर्तक रहेको बताएका छन्। नेपाल संवत् ११४४ नयाँ वर्ष शुभारम्भको अवसरमा शुभकामना दिँदै उनले नेपालको मौलिक संवत् भएको बताएका हुन्।

‘नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर शाख्वाले खेल्नुभएको भूमिका अविस्मरणीय छ। नेपाल संवत् नेपालको मौलिक संवत् हो। जनतालाई ऋणबाट मुक्त पार्ने अभियानका अभियन्ता शंखधर शाख्वाले समकालीन समाजमा परिवर्तनको महत्वपूर्ण जग बसाल्नुभएको थियो।’ शुभकामना सन्देशमार्फत प्रचण्डले भनेका छन्, ‘शंखधर शाख्वा एक प्रगतिशील सामाजिक अभियन्ता र नेपाल संवत्का प्रवर्तक हुनुहुन्थ्यो। नेवारी समुदायमा जन्मिएर सिङ्गो देशकै गरिमा र मौलिकताका निम्ति उहाँले पुर्याउनुभएको योगदान हामी सबैका लागि प्रेरणादायी छ।’

उनले सबै जाति, भाषा, संस्कृति र समुदायको विविधता र पहिचानलाई स्थापित गरेर मात्र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न सकिने बताए। प्रचण्डले भनेका छन्, ‘२१ औं शताब्दीको विकसित युगमा सबै जाति, भाषा, संस्कृति र समुदायको विविधता र पहिचानलाई स्थापित गरेर मात्र देशको आन्तरिक राष्ट्रियता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न सकिन्छ।’

उनले नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिने ऐतिहासिक निर्णय गरेको तथ्य स्मरण गरे। उनले भने,‘नेपाल संवतले सम्पूर्ण नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने मैले विश्वास लिएको छु।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.