बुर्किना फासोमा अज्ञात समूहको आक्रमण, ७० जनाको मृत्यु

बुर्किना फासोमा अज्ञात समूहको आक्रमण, ७० जनाको मृत्यु
फाइल तस्बिर।
सुन्नुहोस्

पश्चिम अफ्रिकी देश बुर्किना फासोको एउटा गाउँमा अज्ञात व्यक्तिले गरेको आक्रमणमा परी कम्तीमा ७० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धा र बालबालिका रहेको बताइएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अज्ञात आक्रमणकारीहरूले नोभेम्बर ५ मा बुर्किना फासोको उत्तरी क्षेत्रको जाङ्गो गाउँमा आक्रमण गरेका थिए। आक्रमणकारीहरूले मानिसहरूलाई मार्ने मात्र होइन तिनीहरूको सम्पत्तिमा आगो लगाए।
 

११ नोभेम्बरमा, घटनास्थलमा पठाइएको न्यायिक टोलीले कम्तिमा ७० जनाको मृत्यु भएको पत्ता लगाएको थियो।

सरकारी वकिलले सोमबार जारी गरेको विज्ञप्तिमा मृत्यु हुने र बेपत्ता हुनेको संख्या अझै यकिन हुन नसकेको बताए । 

युरोपेली संघले जाङ्गो गाउँमा भएको नरसंहारको छानबिन गर्न अधिकारीहरूलाई आग्रह गरेको छ।

बुर्किना फासो पश्चिम अफ्रिकाका ती देशहरूमध्ये एक हो, जहाँ विगत केही वर्षदेखि रक्तपातपूर्ण द्वन्द्व चलिरहेको छ। यसबाट हजारौंको ज्यान गइसकेको छ भने लाखौं मानिस घरबार छोडेर भागेका छन् । बीबीसी


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.