बाइडेन र सी सैन्य सम्बन्ध पुनःस्थापना गर्न सहमत

बाइडेन र सी सैन्य सम्बन्ध पुनःस्थापना गर्न सहमत
फाइल तस्बिर।
सुन्नुहोस्

अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी जिनपिङ सैन्य सञ्चार पुनःस्थापना गर्न सहमत भएका छन् । एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति बाइडेनबीच उक्त कुराको सहमति भएको हो।

 
विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएका यी दुई मुलुकबीचको बढ्दो तनावलाई द्वन्द्वमा परिणत हुनबाट रोक्ने उद्देश्यले चार घन्टाको वार्ता भएको थियो। सो क्रममा उनीहरूले हात मिलाए र ऐतिहासिक क्यालिफोर्निया एस्टेटको एक बगैँचामा सँगै घुमेका थिए । 

चीनले अमेरिकामा घातक महामारीका लागि जिम्मेबार औषधि फेन्टेनाइलको उत्पादनमाथि रोक लगाउने बारेमा पनि उनीहरू सहमत भएका छन्। 

चीन र ताइवानको ‘पुनःएकीकरण’ रोक्न नसकिने भन्दै चिनियाँ राष्ट्रपति सीले आफ्ना अमेरिकी समकक्षीसमक्ष ताइवानलाई हतियार आपूर्ति रोक्न आग्रह गरेसँगै दुवै नेताले ताइवानको विषयमा आफूलाई टाढा राखे। 

सन् २०२२ नोभेम्बरमा बालीमा वार्तामा सहभागी भएयता यी दुई नेताबीच भेट भएको थिएन । यसै वर्षको फेब्रुअरीमा अमेरिकाले कथित चिनियाँ जासुसी बेलुनलाई गोली हानेपछि दुई मुलुकबीचको सम्बन्ध चिसिएको थियो । 

द्यपि सन् २०११ देयखि नै सीलाई चिनेको उल्लेख गर्दै बाइडेनले क्यालिफोर्नियाको फिलोली एस्टेटमा पत्रकार सम्मेलनमा भने, 'हामीले अहिलेसम्मको सबैभन्दा रचनात्मक र फलदायी वार्ता गरेका छौँ ।' द्वन्द्व वा आकस्मिक द्वन्द्वमा नफसियोस् भनेर अमेरिकाले दृढरूपमा प्रस्तुत हुँदै गएको चीनसँग ‘जोडदार’ तर ‘जिम्मेबारीपूर्वक’ प्रतिस्पर्धा गर्ने उनले बताए। 

'हामी कुनै पनि फोन उठाउन सक्छौं, सिधै फोन गर्न सक्छौं र हाम्रो कुरा तुरुन्तै सुनिने छ भन्नेबारेमा उहाँ र म सहमत भएका छौं', राष्ट्रपति बाइडेनले भने।

उनका अनुसार सम्भावित द्वन्द्वबाट बच्न उच्चस्तरीय अमेरिका–चीन सैन्य सञ्चार पुनःस्थापना गर्न ‘आलोचनात्मकरूमा महत्त्वपूर्ण’ थियो । तत्कालीन अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चीनले सन् २०२२ जुनमा अमेरिकासँगको सैन्य सञ्चार तोडेको थियो । 

दुवै पक्ष कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) का साथै आगामी महिना दुबईमा हुने कोप२८ शिखर सम्मेलनअघि जलवायु परिवर्तनसम्बन्धी सहयोगलाई अझ गहिरो बनाउन सहमत भएका छन् ।  

तर निकै प्रयासपछि भएको दुई पक्षबीचको वार्ता बाइडेनले गरेका एउटा कूटनीतिक टिप्पणीपछि टुङ्गिएको थियो । एक पत्रकारले अझै पनि सीलाई तानाशाह मान्नुहुन्छ भनी गरेको प्रश्नमा बाइडेनले  सि जिनपिङ तानाशाह भएको बताए।

बाइडेनले भने, 'उनी यस अर्थमा तानाशाह हुन् कि उनको कम्युनिष्ट देश हो, जहाँ हाम्रो भन्दा पूर्णतया फरक सरकार छ।'

यसअघि जुन २०२३ मा बाइडेनले सी जिनपिङलाई तानाशाह भनेका थिए। त्यसबेला पनि बाइडेनको आलोचना भएको थियो। 

उनको भनाइपछि चीनले उक्त टिप्पणीलाई ‘धेरै बेतुका र गैरजिम्मेवारपूर्ण’ भनेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.