बाइडेन र सीबीच सैन्य सम्बन्ध पुनःस्थापित गर्ने सहमति

बाइडेन र सीबीच सैन्य सम्बन्ध पुनःस्थापित गर्ने सहमति
सुन्नुहोस्

सान फ्रान्सिस्को : अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी जिनपिङबीच एक वर्षपछि भेटवार्ता भएको छ। उनीहरूबीच सैन्य सञ्चार पुनःस्थापना गर्ने विषयमा सहमति जुटेको छ। 

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएका यी दुई मुलुकबीचको बढ्दो तनावलाई द्वन्द्वमा परिणत हुनबाट रोक्ने उद्देश्यले चार घन्टाको वार्ताका क्रममा उनीहरूले हात मिलाएका थिए। त्यसपश्चात उनीहरू ऐतिहासिक क्यालिफोर्निया एस्टेटको एक बगैँचामा पुगेका थिए। 

चीनले अमेरिकामा घातक महामारीका लागि जिम्मेवार औषधि फेन्टेनाइलको उत्पादनमाथि रोक लगाउनेबारेमा पनि उनीहरू सहमत भएको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका टन्। 

चीन र ताइवानको ‘पुनःएकीकरण’ रोक्न नसकिने भन्दै चिनियाँ राष्ट्रपति सीले आफ्ना अमेरिकी समकक्षीसमक्ष ताइवानलाई हतियार आपूर्ति रोक्न आग्रह गरेसँगै दुवै नेताले ताइवानको विषयमा आफूलाई टाढा राख्न आग्रह गरेका थिए। सन् २०२२ नोभेम्बरमा बालीमा वार्तामा सहभागी भएयता यी दुई नेताबीच भेट भएको थिएन। यसै वर्षको फेब्रुअरीमा अमेरिकाले कथित चिनियाँ जासुसी बेलुनलाई गोली हानेपछि दुई मुलुकबीचको सम्बन्ध चिसिएको थियो। 


बाइडेनका अनुसार सम्भावित द्वन्द्वबाट बच्न उच्चस्तरीय अमेरिका-चीन सैन्य सञ्चार पुनःस्थापना गर्न 'आलोचनात्मकरूमा महत्त्वपूर्ण' थियो  तत्कालीन अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चीनले सन् २०२२ जुनमा अमेरिकासँगको सैन्य सञ्चार तोडेको थियो। दुवै पक्ष कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) का साथै आगामी महिना दुबईमा हुने कोप-२८ शिखर सम्मेलनअघि जलवायु परिवर्तनसम्बन्धी सहयोगलाई अझ गहिरो बनाउन सहमत भएका छन् ।  

त्यस्तै राष्ट्रपति जिनपिङले बुधबार चीन अमेरिकाको साझेदार र मित्र बन्न तयार रहेको बताएका थिए। चीनको सुस्त अर्थतन्त्रप्रति चिन्ता बढिरहेको बेला उनले अमेरिकी व्यापारिक नेताहरूसमक्ष उक्त कुरा बताएका हुन्। 'यदि एउटा मुलुकले अर्को मुलुकलाई प्रमुख प्रतिस्पर्धी र सबैभन्दा परिणाममुखी भूराजनीतिक चुनौतीको रूपमा हेर्छ भने यसले गलत नीति निर्माण, भ्रमपूर्ण कार्य र अवाञ्छित परिणाम मात्र निम्त्याउने छ,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.