इजरायली सेनाद्वारा हमासको मुख्य बन्दरगाह आधार कब्जा

इजरायली सेनाद्वारा हमासको मुख्य बन्दरगाह आधार कब्जा
फाइल तस्बिर।
सुन्नुहोस्

तेलहबिब  : इजरायली सेनाले मध्य गाजामा रहेको हमासको बन्दरगाह आधार क्षेत्र आफ्नो नियन्त्रण लिएको जनाएको छ। 

इजरायली रक्षा बलले बिहीबार जनाएअनुसार नौसेना, आर्मर र इन्जिनियरिङ बलहरूको संयुक्त आक्रमण र वायुसेनाको सहयोगमा करिब १० को प्रयत्नमा टनेल शाफ्टहरू नष्ट गरिएको र आतंकवादी पूर्वाधारका चारवटा भवन पनि ध्वस्त पारिएको छ।

हमासले आफ्नो नौसेनालाई प्रशिक्षण दिन र नौसैनिक आक्रमणहरू सञ्चालन गर्न यो सुविधा प्रयोग गरेको  आईडीएफले जनाएको छ। नागरिक नौसेना एंकरेजको आवरणमा हमासले प्रशिक्षण र आक्रमण गर्ने उद्देश्यका लागि त्यो ठाउँको फाइदा उठाएको बताइएको छ। साथै नागरिक जहाजहरू र गाजाको नौसेना प्रहरी डुंगाहरू पनि प्रयोगमा ल्याइएको बताइएको छ। 

इजरायली सेनाले दशजना आतंककारीलाई मारेको छ र एंकोरेज क्षेत्रका सबै भवनहरू खाली गरेको दाबी गरेको छ ।

सन् २०१० को मावि मारमारा आक्रमणको घटनाहरूको सम्मान स्मारक पनि ढालिएको छ। बन्दरगाह कब्जा गर्न संलग्न इजरायली नौसेनाका १३ औं फ्लोटिलाका केही लडाकुहरूले मावी मारमारामा पनि पुगेका थिए।

इजरायली नौसेनाले गाजा नाकाबन्दीलाई प्रतीकात्मक रूपमा तोड्न खोज्ने छ जहाजको फ्लोटिलालाई पनि रोकेको थियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.