चीनबाट किन लगानी झिकिरहेछन् विदेशीहरू ?

चीनबाट किन लगानी झिकिरहेछन् विदेशीहरू ?
फाइल तस्बिर।
सुन्नुहोस्

बेइजिङ : सरकारी तथ्यांकहरूले देखाउँछन् कि– विदेशी व्यवसायहरूले गरेको लगानी तीव्र गतिमा निकालेर बाहिर लगिरहेका छन्। देशको सुस्त अर्थतन्त्र, न्यून ब्याजदर र अमेरिकासँगको भूराजनीतिक द्वन्द्वले चीनको आर्थिक सम्भावनामाथि शंका पैदा गरेको छ।

त्यसैले पनि, सबैको नजर यस साता चिनियाँ नेता सी चिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको महत्वपूर्ण बैठकमा परेको छ। इकोनोमिस्ट इन्टेलिजेन्स युनिटका निक मारो भन्छन्, ‘भूराजनीतिक जोखिमको चिन्ता, घरेलु नीतिको अनिश्चितता र सुस्त वृद्धिले कम्पनीहरूलाई वैकल्पिक बजारहरूबारे सोच्न कर लगाएको छ।’  सन् १९९८ यता सेप्टेम्बर अन्त्यसम्मको तीन महिनामा पहिलोपल्ट चीनले सबैभन्दा धेरै ११ अर्ब ८० करोड अमेरिकी डलरको व्यापार घाटा बेहोरेको छ। यसले यो सन्देश दिएको छ कि– विदेशी कम्पनीहरूका लागि चीनमा लगानी अब सुरक्षित छैन, बरु बाहिर लैजानु नै हितकर छ। गत वर्षदेखि विश्वका केही ठूला कम्पनीले चीनबाट लगानी झिक्न थालेका थिए। 

त्यसमध्ये एक थियो, स्विस औद्योगिक मेसिनरी निर्माता ओरलिकन। उसले २७ करोड ७० लाख अमेरिकी डलर लगानी फर्काएको  थियो। ‘चीन सुस्त आर्थिक वृद्धिको सामना गरिरहेको छ र उसले केही सुधार गर्न आवश्यक छ,’ ओरलिकनका प्रवक्ताले यसको कारण खुलाए, ‘२०२२ मै हामीले चीनको आर्थिक मन्दीले ठूलै नकारात्मक प्रभाव पार्छ भनेर आकलन गरेका थियौं। र, त्यसको प्रभाव कम गर्न तुरुन्त कार्यान्वयनसमेत सुरु ग¥यौं।’ 

चीनले कोभिड कालमा ‘शून्य–कोभिड’ नीति लियो र विश्वमै कडा लकडाउन लागू ग¥यो। जसले गर्दा धेरै कम्पनीहरूको आपूर्ति सञ्जालमा अवरोध निम्त्यायो। जसका कारण ठूला कम्पनी बाहिरिन बाध्य भए। उदाहरणका लागि एप्पल, जसले आफ्ना अधिकांश आइफोन चीनमा बनाउँछ। लकडाउनकै कारण उसले केही उत्पादन भारतमा सारेर आफ्नो आपूर्ति सञ्जाललाई विविधीकरण गरेको छ।

 त्यस्तै, चीनमा ब्याजदरको प्रभाव पनि व्यवसायीहरूले सामना गरिरहेका छन्। संसारभरि ब्याज बढिरहँदा चीनले भने कम गरिरहेको छ। यूएस फेडरल रिजर्भ, युरोपियन सेन्ट्रल बैंकलगायत विश्वका ठूला केन्द्रीय बैंकले आर्थिक मन्दीसँग भिड्न ब्याज बढाउने नीति लिएका छन्। चीनले भने, ‘अर्थतन्त्रलाई सघाउने’ भन्दै ब्याज घटाउने नीति लिएको छ। यही वर्ष मात्र चिनियाँ मुद्रा युआन अमेरिकी डलर र युरोको तुलनामा ५ प्रतिशतले अबमूल्यन भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.